एनआरएनएले तीन महिना कुनै कार्यक्रम नगर्ने
लन्डन । कारोना भाइरसको त्रासका कारण गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी तीन महिनासम्म कुनैपनि कार्यक्रम नगर्ने भएको छ । यसअघि नै तय भएका कार्यक्रम पनि रद्द गरिएको एनआरएनएले जनाएको छ ।
चीनको ऊहान प्रान्तबाट गत वर्षको डिसेम्बर महिनाबाट शुरु भएको कोरोना भाइरसले विश्वभरका मानिसलाई आतंकित बनाएको छ । चीनपछि यूरोपमा सबैभन्दा धेरै इटालीमा संक्रमण देखिएको छ ।
एनआरएनको आइतवार बसेको पदाधिकारी बैठकले नेपालमा हुन सक्ने सम्भावित संक्रमण र विस्तार रोक्न अध्यक्ष कुमार पन्तको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समिति गठन गरिएको महासचिव डा हेमराज शर्माले जानकारी दिए ।
उच्चस्तरीय समितिको सल्लाहकारमा नेपाली कांग्रेसका नेता गगनकुमार थापा र पूर्व शिक्षामन्त्री डा गंगालाल तुलाधार रहेका छन् ।
यस्तै समितिका सदस्यमा डा सञ्जिव सापकोटा (अमेरिका), डा डोरन रसाइली (क्यानाडा), प्रोफेसर पदम सिम्खडा (युके), डा रमेशकुमार खोजु (युके), डा सन्तोष सापकोटा (अमेरिका), डा सत्यमान राजभण्डारी (युके), डा कुश श्रेष्ठ (अष्ट्रेलिया), डा पुरु श्रेष्ठ (अमेरिका), डा अलनी सुवेदी (पोल्याण्ड), डा श्रवणकुमार मिश्र (नेपाल), डा शक्ति चौरसिया (नेपाल), डा हेमराज शर्मा (युके) र डा हेमन्त दवाडी (नेपाल) रहेका छन् ।
सो समितिले देशमा आइपर्ने विपत्तिका बारेमा दीर्घकालीन गुरु योजना तयार गर्नेलगायत, सचेतना मुलक सामाग्री तयार गर्ने अध्यक्ष पन्तले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण