इन्जिनियरिङ अन्तर्गतका शैक्षिक कार्यक्रम स्थगित
बिहीबार, ०६ चैत २०७६, १४ : १४
काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान अन्र्तगतका सम्पुर्ण शैक्षिक कार्यक्रम स्थगित भएका छन् ।
नेपाल सरकारले सम्पुर्ण शैक्षिक संस्थाहरुको पठनपाठनका साथै परीक्षा सञ्चालन बन्द गर्न सूचना जारी गरेकाले बिहीबारबाट लागू हुने गरी संस्थान अन्तर्गतका कार्यक्रम स्थगित गरिएको डिनको कार्यलयले जनाएको छ ।
त्रिविका डीन रामचन्द्र सापकोटाले बिहीबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि संस्थान अन्र्तगतका शैक्षिक कार्यक्रम बन्द गरिएको जनाएका हुन् ।

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण