शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डलरको भाउमा नयाँ रेकर्ड, अन्य देशका मुद्राको विनिमयदर कति पुग्यो ?

शुक्रबार, ०७ चैत २०७६, १० : ००
शुक्रबार, ०७ चैत २०७६

पछिल्लो समय अमेरिकी डलरको भाउमा फेरबदल भइरहेको छ । बिहीबार एक डलरको खरिददर ११८ रुपैयाँ ५१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ११ पैसामा कारोबार भइरहेको डलरको भाउ शुक्रबार (चैत ७)  एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको  नेपाल राष्ट्र बैंकले जारी  गरेको विनिमयदरमा उल्लेख गरिएको छ । 

यस्तै, युरो एकको खरिददर १२८ रुपैयाँ ७० पैसा र बिक्रीदर १२९ रुपैयाँ ३४ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ११ पैसा र बिक्रीदर २७ रुपैयाँ २४ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८५ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप