धादिङमा ट्रकले जीपलाई ठक्कर दिँदा ८ जना घाइते
आइतबार, ०९ चैत २०७६, १२ : ०७
धादिङ । धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा एउटा ट्रकले बोलेरो जिपलाइ ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा३च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट नियन्त्रण गुमाएको बोलेरो जिप सडकबाट करिब १५ मिटर तल खसेको थियो ।
घाइतेहरुलाई उपचारका लागि काठमाडौँमा रहेको राष्ट्रिय ट्रमा सेन्टर पठाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये थाक्रे गाउँपालिका–१० की ७५ वर्षीया मैया तामाङको अवस्था गम्भीर छ ।
ट्रक चालक नियन्त्रणमा लिएको र दुर्घटना पश्चात फरार रहेका जिप चालकको भने खोजी भइरहेको धादिङ प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण