मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
फिफा विश्वकप २०२६

मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता

सोमबार, ०८ असार २०८३, २३ : ३९
सोमबार, ०८ असार २०८३

सारांश

  • फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'जे' को खेलमा अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध पहिलो हाफमा १-० को अग्रता लिएको छ ।
  • खेलमा कप्तान लियोनेल मेसीले कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनाएको हो ।
  • खेल अमेरिकाको डालस स्टेडियममा सोमबार राति सुरु भएको थियो ।

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अस्ट्रियाविरुद्ध पहिलो हाफसम्म १–० को अग्रता लिएको छ। अमेरिकाको डालस स्टेडियममा सोमबार राति १०ः४५ बजे सुरु भएको खेलमा कप्तान लियोनेल मेसीले कीर्तिमानी गोल गरेपछि अर्जेन्टिनाले अग्रता बनाएको हो ।

खेलको ३८ औँ मिनेटमा एफ. मेदिनाको पासलाई सदुपयोग गर्दै मेसीले गोल गरेका हुन् । यो गोलसँगै मेसीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनको विश्वकपमा कुल गोल सङ्ख्या १७ पुगेको छ । यसअघि जर्मनीका मिरोस्लाभ क्लोज १६ गोलका साथ मेसीसँगै संयुक्त शीर्ष स्थानमा थिए ।

खेलको ८ औँ मिनेटमा भिएआर रिभ्युमार्फत अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेसीले प्रहार गरेको उक्त पेनाल्टी गोलमा परिणत हुन सकेन । सुरुवाती पेनाल्टी मिस गरे पनि मेसीले ३८ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

जारी विश्वकपमा अर्जेन्टिनाले अहिलेसम्म गरेका सबै ४ गोल मेसीकै नाममा रहेका छन् । पहिलो खेलमा अल्जेरियालाई ३–० ले पराजित गर्दा मेसीले ह्याट्रिक गरेका थिए भने आजको खेलको एक मात्र गोल पनि उनकै नाममा छ । अर्कोतर्फ, आफ्नो पहिलो खेलमा जोर्डनलाई ३–१ ले हराएको अस्ट्रियाले पहिलो हाफमा अर्जेन्टिनालाई कडा टक्कर दिए पनि गोल फर्काउन सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप