मुख्यमन्त्री शाहीद्ववारा अत्यावश्यक बाहेकका भेटघाट बन्द
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेका छन् । कोरोना संक्रमणको जोखिम कम गर्न अत्यावश्यक बाहेकका भेटघाट आजदेखि बन्द गरिएको मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्माले जानकारी दिए ।
मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) ले निम्त्याएको संकटको सामाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गर्नुभएको सल्लाहकार शर्माले बताए । उनका अनुसार विश्वव्यापी समस्याको रुपमा रहेको कोरोना भाईरसको संकट सामाधान गर्न स्वास्थ्य निर्देशिकाको अनिवार्य रुपमा पालना गर्नु अहिलेको मुख्य दायित्व रहेको भन्दै मुख्यमन्त्री शाहीले सबै नागरिकलाई सचेत र सतर्क रहन आग्रह गरेका छन् ।
संक्रमणबाट जोगिन प्रत्येक नागरिक आफैंंले पनि उच्च सावधानी अपनाउन, अनावश्यक हिँडहुल नगर्न, भेटघाट तथा सम्पर्क नगर्न, भिडभाड तथा वजारमा नजान र स्वास्थ्यसंस्था तथा स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्वन गर्न पनि मुख्यमन्त्री शाहीले आग्रह गरेको सल्लाहकार शर्माले बताए ।
कोरोना भाईरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिरहेकोले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेको सल्लाहकार शर्माको भनाई छ ।
कोरोनाको संकट सामाधान गर्न सरकारले अघि सारेको प्रतिकार्य योजनालाई साथ दिन आग्रह गर्दै मुख्यमन्त्री शाहीले सरकारका आधिकारीक निकायहरु, स्वास्थ्य संस्थाहरु, सुरक्षा निकायहरुको निर्देशनलाई पालना गर्न र सहयोग गर्न सवै नागरिकलाई अनुरोध गर्नुभएको पनि सल्लाहकार शर्माले बताए । ‘यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्रीज्यू र प्रदेश सरकार नागरिकको साथमा छʼ सल्लाहकार शर्माले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण