मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
सारांश
- मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच सिंहदरबारमा निर्णायक वार्ता जारी छ ।
- पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ ।
- सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको थियो ।
काठमाडौँ । मिटरब्याज पीडित सङ्घर्ष समिति र सरकारबिच निर्णायक वार्ता जारी छ । केही बेरपछि सिंहदरबारमा सुरु भएकाे वार्तामा पीडितका माग सम्बोधनका लागि समझदारी गर्ने तयारी भएको बताइएको छ ।
सरकार र पीडित अगुवाबिच बिहीबार राति पनि वार्ता भएको थियो । असार २५ गते जनकपुरबाट मार्च पाससहित काठमाडौँ हिँडेका मिटरब्याज पीडितलाई सरकारले बाराको निजगढमै रोकेर गृहमन्त्री सुधन गुरुङले वार्ताको सुरुवात गरेका थिए ।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले समस्या समाधानका लागि वार्ता टोली गठन गरेको थियो । त्यसपछि सङ्घर्ष समितिका अगुवाहरू बिहीबारै बाराबाट काठमाडौँ आएका थिए ।
वार्ता मन्त्रिपरिषद् कार्यालयका सचिव पुष्कर सापकोटासहित गृह, भूमि, अर्थ मन्त्रालयका सहसचिवहरू सहभागी छन् ।
मिटरब्याज पीडितका तर्फबाट सङ्घर्ष समितिका किसान मजदुर आन्दोलन नेपालका अध्यक्ष अवधेश कुशवाह, महासचिव मनोज पासवान, प्रवक्ता रिजन राना मगर सचिवालय सदस्यहरू किरण परियार र लक्ष्मी घिमिरे र संयुक्त जनअधिकार नेपालका निर्ग नवीन सहभागी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्नह्याम आज बेलायतको प्रधानमन्त्री बन्दै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण