यूएईमा भिसा सकिएर समस्यामा पर्नुभएको छ ? दूतावासमा सम्पर्क गर्नुहोस्
युएई। यूएईमा हुनुहुन्छ र भिसा सकिएर वा नेपाल फर्किन नपाएर समस्यामा पर्नु भएको छ भने नआत्तिनुहोस् । बरु सिधै नेपाली दूतावास आबुधाबीमा सम्पर्क गर्नुहोस् ।
यूएई सरकारले कोरोनाको कारण उत्पन्न परिस्थितिले कुनै पनि देशका नागरिकलाई समस्या पर्न नदिने र परेकालाई सम्बन्धित देशको दूतावासमार्फत समस्याको सम्बोधन गर्ने बताएलगत्तै नेपाली दूतावासले पनि यसमा तदारुकता देखाएको हाे।
कोरोनाका कारण उत्पन्न कुनै पनि परिस्थितीले समस्यामा परेको भए यहाँको स्थानीय निकायसँगै दूतावासको सम्पर्क नम्बर, दूतावासको फेसबूक पेज, वा जुनसुकै माध्यममार्फत पनि सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।
दूतावासले त्यसरी समस्यामा परेका नेपाली नागरिकसँग विभिन्न माध्यममार्फत सम्पर्क गर्ने, उनीहरुको तथ्यांक राख्ने र समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने गरी श्रम काउन्सिलर निर्मला थापालाई जिम्मेवारी दिएको छ।
समस्यामा परेका नेपालीको संख्या दैनिक बढेकोप्रति दूतावासले आइतबार यूएईको परराष्ट्र मन्त्रालयमार्फत कुटनैतिक पत्राचार गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण