मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

के हो ट्वीटरमा ट्रेन्डिङ भइरहेको ‘हान्ताभाइरस’ ?

मङ्गलबार, ११ चैत २०७६, १५ : ५३
मङ्गलबार, ११ चैत २०७६

चीनमा एक व्यक्तिको मृत्यु भएपछि यतिबेला समाजिक सञ्जाल ट्वीटरमा ‘हान्ताभाइरस’ ट्रेन्डिङमा छ । ग्लोबल टाइम्सका अनुसार चार्टड बसमा शान्डोङ प्रान्त फर्किरहेका एक व्यक्तिमा यस भाइरसको संक्रमण भएपछि मृत्यु भएको हो ।

यस समाचारमा ‘भाइरस’ शब्द हुनु र यो ‘चीन’ सँग जोडिनुले मानिसहरु फेरि नयाँ भाइरस आएको र यो कोभिड–१९ जस्तै विश्वभर महामारी बन्ने हो कि भनेर अत्तालिरहेका छन् ।

यस्तो संवदेनशील समयमा गलत सूचनाबाट जोगिन जरुरी छ । हान्ताभाइरस कुनै नयाँ भाइरस होइन । यो वर्षौंअघि देखि देखापरेको हो ।

नोबल कोरोनाभाइरसजस्तै यो हावाको माध्यमबाट फैलिदैन । यो मानिसबाट मानिसमा संक्रमित हुने रोग होइन । यो भाइरसले मुसालाई संक्रमित गर्छ । यदि कुनै मानिस उक्त मुसाको पिसाब, दिसा वा थुकको सम्पर्कमा आएमा मात्र संक्रमित हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप