मेस्सी बने सर्वाधिक कमाउने खेलाडी
विश्वमा सवैभन्दा धेरै पैसा कमाउने खेलाडीको शीर्ष सूचीमा अर्जेन्टिना एवं बार्सिलोनाका सुपरस्टार लियोनल मेस्सी रहेका छन् । फ्रान्स फुटबलले अनुसन्धान सहित सार्वजनिक गरको नयाँ तथ्याङ्क अनुसार मेस्सीले वार्षीक एक सय ३१ मिलियन युरो कमाई गर्छन् । यसको नेपाली मूल्य १७ अर्ब रुपैयाँ हुन आउँछ ।
मेस्सीले क्लबबाट पाउने तलब, बोनस र विभिन्न विज्ञापन खेलेर उक्त रकम कमाउने गरेका हुन् । मेस्सीको कमाई गत बर्षको भन्दा एक मिलियन युरो बढी छ ।
मेस्सी पछि सर्वाधिक कमाउने दोस्रो खेलाडीमा पोर्चुगल एवं युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो रहेका छन् । रोनाल्डोको बार्षिक कमाई एक सय १८ मिलियन युरो रहेको छ । रोनाल्डोको आम्दानी गतबर्ष भन्दा पाँच मिलियन युरो बढी हो ।
यसैगरी तेस्रो स्थानमा रहेको ब्राजिलियन एवं पीएसजीका स्टार नेयमारको कमाई बार्षिक ९५ मिलियन युरो छ । चौथा स्थानमा रहेका ग्यारेथ बेल, पाँचौ स्थानमा रहेका एन्टोइन ग्रीजम्यान र छैटौं स्थानमा आसिन इडेन हाजार्डको कमाई समान ३८ मिलियन युरो छ ।
सातौं स्थानमा रहेका आन्द्रेय इनिस्टाको ३४ मिलियन, आठौं स्थानमा रहेका रहिम स्ट्र«लिङको कमाई ३३ मिलियन, नवौं स्थानमा रहेको रोबर्ट लेवान्डोस्कीको २९ मिलियन र १०औं स्थानमा रहेका केलियन एमबाप्पेको कमाई २७ मिलियन युरो रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण