कोरोना भाइरसले ओलम्पिक खेल स्थगित
यसै वर्ष जुलाईमा सुरु हुने टोकियो ओलम्पिक कोरोना भाइरसका कारण स्थगित हुने भएको छ । ओलम्पिक स्थगित भएर अर्को वर्षमात्रै आयोजना हुने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्य डिक पाउन्डले बताएका छन् ।
यसअघि अस्ट्रेलिया र क्यानेडाले ओलम्पिकमा प्रतिस्पर्धा नगर्ने जानकारी गराएका थिए । त्यस्तै, ब्रिटिस ओलम्पिक एशोसियसनका अध्यक्ष सर हग रोबर्टसनले पनि आफ्नो देशलाई टोली पठाउने सम्भावना निकै कम रहेको बताएका थिए । ‘ आईओसीसँग भएको सुचनाका आधारमा भन्नुपर्दा ओलम्पिक खेल स्थगित गर्ने निर्णय भइसकेको छ,’ पाउन्डले अमेरिकी सञ्चारमाध्यम युएसए टुडेसँग भनेका छन्, ‘अगाडि के हुन्छ भन्ने विषयमा केही निक्र्यौल भएको छैन । तर जुलाई २४ मा ओलम्पिक सुरु हुनेछैन, मैले जानेको यति हो,’ उनले भने ।
यसअघि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले चार साताभित्र ओलम्पिक खेलको भविष्यबारे निर्णय लिने जनाएको थियो । तर पाउन्डले यस विषयमा निर्णय भइसकेकाले चाडै आधिकारीक घोषणा आउने बताएका छन् ।
क्यानेडा र अस्टे«लियाकै बाटोमा बेलायत
यसअघि नै क्यानेडा र अस्ट्रेलियाले ओलम्पिकमा सहभागी नहुने घोषणा गरिसकेका छन् । यसअघि सोमबार बब्रटिस ओलम्पिक एशोसियनका अध्यक्ष हग रोबर्टसनले बेलायतले पनि छिट्टै ओलम्पिक नखेल्ने घोषणा गर्ने बताएका थिए । ‘मलाई लाग्दैन कि यस्तो अवस्थामा हामी ओलम्पिक खेल्न जान सक्छौ । चाडै हामी अस्टे«लिाय र क्यानेडाको बाटो हुनेछौ, ’ उनले भनेका थिए ।
बेलायतमा आइतबारसम्म ५ हजार ६ सय ८३ जनामा सक्रमण देखिएको थियो र २ सय ८१ जनाको मृत्यु भएको थियो । पछिल्ला आँकडाअनुसार विश्वभर ३ लाख ८७ हजार ७ सय ४२ जनामा सक्रमण देखिएको छ भने १६ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ । सोमबार जापानका प्रधानमन्त्री सिन्जो अवेले देशको ससदमा सम्बोधन गर्दै सबै देशले सहभागीता जनाउनसक्ने अवस्था नरहे खेल स्थगित गर्नुको विकल्प नरहेने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
-
सुदूरपश्चिममा बजेट विवाद कायमै, सहमतिविना धनगढी फर्किए मुख्यमन्त्री शाह
-
त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान
-
ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
-
लालिगुराँस बहुउद्देश्यीय सहकारीको जग्गा लिलामी प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण