बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

बुधबार, ३१ असार २०८३, १० : ५७
बुधबार, ३१ असार २०८३

सारांश

  • ललितपुरको धोविघाटमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किएर एक जनाको मृत्यु भएको छ ।
  • सानेपाबाट नख्खुतर्फ जाँदै गरेको मोटरसाइकल सडकमा रोकिराखेको ट्रकमा ठोक्किएको थियो ।
  • दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ भने पछाडि सवारको अवस्था गम्भीर छ ।

काठमाडौँ । ललितपुरको धोविघाटमा रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राति ८ बजेतिर सानेपाबाट नख्खुतर्फ जाँदै गरेको बा.७५ प ८७० नम्बरको मोटरसाइकल सडकमा रोकेर राखेको बागमती प्रदेश ०३–००१ ख २०१५ नम्बरको ट्रकमा ठोक्किएको हो ।

दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धादिङको धुनिवेशी बस्ने २० वर्षीय रितेश श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । दुर्घटनामा गम्भीर घाइते भएपछि उनलाई मेडिसिटी अस्पतालमा पठाइएको थियो ।

ट्रक चालक सिन्धुलीको दुधौली–७ घर भएका २६ वर्षीय दीपेन्द्र कार्कीलाई प्रहरी प्रभाग सानेपाले पक्राउ गरेको छ । मोटरसाइकल पछाडि सवार धादिङको सात घुम्ती घर भएका २० वर्षीय समीर भुजेलको उपचार भइएको छ । उनको अवस्था पनि गम्भीर छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप