त्रिभुवन विश्वविद्यालयद्वारा भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता रद्द
सारांश
- त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले भारतका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता प्रमाणपत्र रद्द गरेको छ।
- मेघालयको सीएमजे युनिभर्सिटी, जोराबाद, टेक्नो ग्लोबल युनिभर्सिटी सिलोङ, मणिपुरको साङ्गाई इन्टरनेसनल युनिभर्सिटी र झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीबाट प्राप्त उपाधिको समकक्षता रद्द गरिएको छ।
- यसअघि ३५ दिने सूचना प्रकाशित गरी छानबिन समितिको रायका आधारमा यो निर्णय गरिएको हो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय पाठ्यक्रम विकास केन्द्रले विभिन्न विदेशी विश्वविद्यालयबाट प्राप्त उपाधिहरूको समकक्षता प्रमाणपत्र रद्द गरेको छ। केन्द्रले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै उक्त निर्णयको जानकारी दिएको हो।
केन्द्रबाट पहिले समकक्षता प्रदान गरिए पनि छानबिन समितिको रायका आधारमा ती प्रमाणपत्रहरू रद्द गर्नुपर्ने देखिएको सूचनामा उल्लेख छ। यसरी समकक्षता रद्द गरिएकाहरूमा भारत मेघालयको सीएमजे युनिभर्सिटी, जोराबाद र टेक्नो ग्लोबल युनिभर्सिटी, सिलोङ रहेका छन्।
यसैगरी मणिपुरको साङ्गाई इन्टरनेसनल युनिभर्सिटी तथा भारत झारखण्डको प्रज्ञान इन्टरनेसनल युनिभर्सिटीबाट प्राप्त उपाधिहरूको समकक्षता प्रमाणपत्र पनि रद्द गरिएको छ।
यसअघि यी विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता पत्र रद्द गर्ने प्रक्रिया बमोजिम गोरखापत्र दैनिकमा ३५ दिने सूचना प्रकाशित गरिएको थियो। उक्त तोकिएको ३५ दिनको अवधि पनि व्यतीत भइसकेको केन्द्रले जनाएको छ। ‘३५ दिन पनि व्यतीत भइसकेकोमा सूचनामा उल्लेखित व्यक्तिले पेस गरेका कागजातबाट समकक्षता रद्द गर्नु नपर्ने आधार नभएकाले भन्दै उल्लेखित व्यक्तिहरूको नाममा जारी भएका समकक्षता पत्रहरू रद्द गरिएको’ केन्द्रले निर्णय स्पष्ट पारेको छ।
यो निर्णय त्रिभुवन विश्वविद्यालय उपाधि मान्यता तथा समकक्षता सम्बन्धी विनियम २०८२ को विनियम २१ बमोजिम गरिएको हो। यस निर्णय सम्बन्धी विस्तृत विवरण केन्द्रको आधिकारिक वेबसाइटमा उपलब्ध गराएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
-
सम्झौता नगरे इरानसँग केही पनि बाँकी रहँदैन : ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण