ट्रकमा ठोक्किँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु, दुई घाइते
बुधबार, १२ चैत २०७६, ०८ : १७
भक्तपुर सुर्यविनायक नगरपालिका –८ जगाती नजिकै अरनिको राजमार्गमा तेल सकिएर रोकी राखेको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।
मंगलबार राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकलाई सूर्यविनायकबाट साँगा जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो ।
मोटरसाइकलमा सवार तीनै जना घाइते भएको र उनीहरुलाई डा. ईवामुरा अस्पताल भक्तपुर लगिएको थियो । अस्पतालमा उपचारको क्रममा सिन्धुपाल्चोक घर भएका २८ वर्षीय उत्तर बहादुर तामाङको उपचारको क्रममा मृत्यु भएको महानगरीय परिसर भक्तपुरले जानकारी दिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सिन्धुपाल्चोक घर भएका २८ वर्षीय आकाश तामाङलाई थप उपचारका लागि केएमसी हस्पिटल सिनामंगल रिफर गरिएको प्रहरीले जनाएको छ ।
अर्का घाइते ११ वर्षीय कोलसङ डोल्मा तामाङ भने उपचारपछि डिस्चार्ज भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदनकृष्णको जीवनीमा फिल्म बन्ने, मुख्य भूमिकामा महेश र केकी
-
शुभ होटलमा पौडेललाई आएको अशुभ समाचार, बोल्नै नपाई पक्राउ परे
-
विष्णु पौडेललाई सडकमार्गबाट काठमाडौँ ल्याइँदै
-
विष्णु पौडेलको पक्राउविरुद्ध एमालेले राजनीतिक प्रतिवाद गर्ने
-
१० बजे १० समाचार : एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, गृहमन्त्री गुरुङविरुद्ध आयोगमा उजुरी
-
सत्तापक्षकै आक्रोशः बजेट मन्त्रीमुखी भयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण