द.कोरियाकी यी ९६ वर्षीया वृद्धा जसले कोरोना भाइरससँगको युद्ध जितिन्
बिहीबार, १३ चैत २०७६, १४ : ०२
दक्षिण कोरियाकी ९६ वर्षे वृद्धाले नोभेल कोरोना भाइरसको संक्रमणबाट पूर्ण रुपमा मुक्त पाएकी छिन् । उनी कोरोना भाइरसको संक्रमण पछि निको हुने सबैभन्दा वृद्ध महिला हुन् ।
बुधबार छियोङ्दो काउन्टीकी ह्वाङ्गलाई पूर्ण स्वस्थ भएको घोषणा गरियो ।
देगुको दक्षिण शहर नजिकै रहेको छियोङ्दो काउन्टी बन्द छ । यहाँ कोरोना भाइरसका धेरै संक्रमित छन् ।
ह्वाङ्गलाई मार्च १३ तारिखमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । उनको देगूको पूर्वमा रहेको पोहाङ्ग पब्लिक क्लिनिकमा आइसियूमा राखेर उपचार गरिएको थियो ।
उनी अहिले छियोङ्दोस्थित आफ्नो घरमा क्वारेन्टिनमा छिन् । त्यहाँ उनी आफ्नो छोरासँगै बस्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण