ढिलो रिपोर्टले उपचारमै असर, कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट १४ घण्टा ढिलो
शुक्रबार, १४ चैत २०७६, ०७ : ४०
काठमाडौं : कुनै पनि गम्भीर रोगमा ढिलो गरी रिपोर्ट दिएमा बिरामीको उपचारमै समस्या पर्ने चिकित्सकले जनाएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट पठाइएका नमुनाको रिपोर्ट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले ढिलो पठाएका कारण चिकित्सकबीच तनाव बढ्यो ।
बिहीबार पनि अस्पतालका चिकित्सकबीच रिपोर्टको जानकारी नपाएको विषयमा छलफल चल्यो ।
अस्पतालमा उपचाररत ३२ वर्षीय एक युवकमा कोरोना संक्रमण पोजिटिभ भएको रिपोर्ट स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सार्वजनिक गरे, १४ घण्टा ढिलो गरी ।
यस विषयमा मंगलबार राति नै अस्पतालका प्रवक्ता अनुप बास्तोलालाई जानकारी गराएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले बताएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसी जोखिमबिच युक्रेनले सीमा बलियो बनाउँदै
-
अनशनरत डा. गोविन्द केसी सेती प्रादेशिक अस्पताल भर्ना, आईसीयूमा राखेर उपचार सुरु
-
पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’
-
अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन
-
प्रिमियर लिगमा चम्किन तयार १० युवा प्रतिभा
-
डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, अनशन स्थलमा स्थानीयको प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण