महानगरले ज्याला मजदुरी गर्नेलाई राहत दिने
काठमाडौ महानगरपालिकाले ज्याला मजदुरी गर्नेलाई राहत दिने भएको छ । कोरोनाभाइरसको संक्रमणको कारण भएको लकडाउनले मजदुरी गर्नेको बिचल्ली भएको समाचार आउन थालेपछि महानगरले त्यस्ता वर्गलाई राहत दिने भएको हो ।
महानगरले आफ्नो वडा अन्र्तगत ज्याला मजदुरी गर्ने, सडकमा बस्ने र घरबारबिहीनको लागि कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जम्मा भएको रकम खर्चगर्ने जनाएको छ । यसका लागि वडामा अति विपन्न र ६ महिनादेखि बस्दै आएको श्रमिक कामदारको विवरण संकलन गरी राहत दिने महानगरले उल्लेख गरेको छ ।
महानगरले कोरोना भाइरसको नियन्त्रणका लागि सुरु गरेको सरसफाई अभियानलाई अझै प्रभावकारी बनाउने र खाद्य पसलहरुलाई निर्वाध रुपमा सञ्चालन गर्ने व्यवस्था गर्ने निर्णय समेत गरिएकको छ ।
काठमाडौं महानगरभित्र नै हालसम्म कोरोना भाइरसको ३ वटा केस देखिएको छ । ती मध्ये सबैजना विदेशबाट फर्किएका हुन ्। त्यसैले महानगरले विदेशबाट फर्किएकाहरुको अभिलेख तयार गर्न र उनीहरुको अवस्थाका बारेमा विवरण महानगरलाई उपलब्ध गराउन समेत निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण