कोरोनाभाइरससँग लड्न अमेरिकाले नेपाललाई १८ लाख डलर सहयोग गर्ने
कोरोनाभाइरसको महामारीसँग लड्नका लागि अमेरिकाले नेपाललाई १८ लाख अमेरिकी डलर (करिब (साढे २१ करोड नेपाली रुपैयाँ) सहयोग गर्ने भएको छ । अमेरिकाले शुक्रबार ६४ देशलाई १७.४ करोड डलर सहयोग गर्ने घोषणा गरेको थियो । जसमा नेपालले पनि सहयोग पाउन लागेको हो । गत फेब्रुअरीमा अमेरिकाले १० करोड डलर सहयोगको घोषणा गरेको थियो । नयाँ सहयोग रकम महामारीको जोखिमममा रहेका विश्वका ६४ राष्ट्रका लागि घोषणा गरिएको हो ।
युनाइटेड स्टेट एजेन्सी फर इन्टरनेसनल डेभलप्मेन्ट (यूएसएआइडी)का सहायक प्रशासक बोनी ग्लीकले पत्रकारसँगको साक्षात्कारमा भने, ‘अमेरिका दशकौँदेखि जनस्वास्थ्यको मामिलामा सबैभन्दा अग्रणी द्विपक्षीय सहयोगी रहँदै आएको छ । अमेरिकाले रोगको जोखिममा रहेका मानिसहरुको रक्षा गर्नुका साथै उनीहरुको ज्यान जोगाएको छ ।’
अमेरिकाले सम्भावित महामारीको पहिचान गर्न र त्यससँग लड्न तयारी गर्न दक्षिण एसियामा १० लाख डलर सहयोग पनि गर्नेछ ।
नेपालसँगै अमेरिकाले भारतलाई २९ लाख डलर, बंगलादेशलाई ३४ लाख डलर, श्रीलंकालाई १३ लाख डलर र अफगानिस्तानलाई ५० लाख डलर सहयोग गर्नेछ ।
स्रोत : बिजनेस टुडे
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण