इटाली : मृत्यु हुनेको संख्या १० हजार नाघ्यो ! (अपडेट)
कोरोनाभाइरस संक्रमणको कारण सबैभन्दा बढी मृत्यु इटालीमा भएको छ । अहिलेसम्म इटालीमा १०२३ जनाले ज्यान गुमाइसकेका छन् ।
इटालीमा हालसम्म ८२,४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२,३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३,८५६ जनाको अवस्था चाहिँ गम्भीर रहेको छ ।
त्यसो त इटाली नै त्यो देश पनि हो, जहाँ कोरोनाभाइरसको संक्रमणको शिकार बनेका १०० वर्ष नाघेकी एक महिला पनि सफलतापूर्वक निको भएर घर फर्किसकेका छन् ।
उता कोरोनाभाइरसको प्रकोप स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ । गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८३२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५,८१२ जनाले ज्यान गुमाइसकेका छन् । स्पेनमा कोरोनाभाइरसले ७२,२४८ जनालाई संक्रमित तुल्याएको छ जसमध्ये १२,२८५ जना निको पनि भएका छन् । बाँकी रहेका संक्रमितहरुमध्ये ४,१६५ जनाको अवस्था गम्भीर रहेको छ ।
उता संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरस संक्रमितहरुको संख्या १,१६,०५७ पुगेको छ । संख्याको हिसाबले संसारभरिमै सबैभन्दा बढी संक्रमित हुनेहरुको देशमा अमेरिका पहिलो र इटाली दोस्रो हुन पुगेको छ । कोरोनाभाइरस सबैभन्दा पहिले देखापरेको देश भने संक्रमितरुको संख्याको आधारमा तेस्रो नम्बरमा रहेको छ ।
तर चीनमा ठूलो संख्यामा संक्रमितहरु निको पनि भइसकेका छन् । चीनमा कूल ८१,३९४ जना संक्रमित भएकोमा ७४,९७१ जना निको भइसकेका छन् भने अहिले त्यहा ३,१२८ जना उपचाररत रहेका छन् । उपचाररतहरुमध्ये ८८६ जनाको अवस्था गम्भीर रहेको छ ।
यसबीच चीनमा संक्रमितहरुको संख्या निक्कै बढी रहेको तर चीन सरकारले त्यसलाई लुकाएको आरोप अमेरिकाले लगाइसकेको छ । तर चीन सरकारले त्यसको खण्डन गरेको छ । चीन सरकारले आफ्ना स्थानीय अधिकारीहरुलाई संक्रमितको संख्या नलुकाउन आदेश जारी गर्दै त्यसो गरेको पाइएमा कडा कारवाही हुने चेतावनी नै दिइसकेको राताेपाटीले यसअघि नै छापिसकेको छ ।
स्मरण रहोस्, राताेपाटीमा यो लेख्दा सम्म (२०७६ साल चैत्र १५ गते राति ११:५४ नेपाली समय) संसारभरिमा संक्रमितहरुको संख्या ६,४५,६०६ पुगिसकेको छ । त्यसैगरी मृत्यु हुनेहरुको संख्या २८,९७१ पुगिसकेको छ भने १,३९,५५२ जना संक्रमितहर निको पनि भइसकेका छन् ।
एजेन्सीको सहयोगमा रातोपाटीको अनुवाद । Title Photo: https://cdn.cnn.com, तथ्याङ्कहरु: https://www.worldometers.info
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण