कोरोना महामारीका कारण आर्थिक संकट देखिएपछि जर्मनीमा मन्त्रीले गरे आत्महत्या !
एजेन्सी । जर्मनीको हेसे प्रान्तका अर्थमन्त्री थोमस सेफरले आत्महत्या गरेका छन् । कोरोना महामारीका कारण अर्थतन्त्रमा भारी गिरावट आएपछि तनावमा रहेका उनले आत्महत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको शव रेलवे ट्रयाकमा भेटिएको बताइएको छ ।
जर्मन चान्सलर एन्जेला मर्केल र राज्य प्रमुख वाकर वाइफरले आइतबार मन्त्री थोमसले आत्महत्या गरेकाे जानकारी दिएका छन् । ५४ वर्षीय मन्त्री थोमसको शव शनिबार रेलवे ट्र्याकमा भेटिएको थियो । उक्त घटनाका बारेमा प्रतिक्रिया दिँदै राज्यप्रमुख वाइफियरले भने, ‘उहाँले आत्महत्या गर्नुभएको कुराले हामी एकदमै दुःखी छौ, यो घटनालाई अझै पनि विश्वास गर्न सकिएको छैन ।’
जर्मनीको आर्थिक राजधानीको रुपमा चिनिने फ्रान्कफर्ट पनि हेसी प्रान्तमै पर्दछ । राज्य प्रमुख वाइफियरका अनुसार शेफर १० वर्षका लागि अर्थमन्त्रीमा नियुक्त भएका थिए । उनी कोरोना महामारीले पारेको आर्थिक प्रभावको सामना गर्न कम्पनी र कामदारहरुसँग मिलेर दिनरात काम गरिरहेका थिए । महामारीका कारण अर्थव्यवस्थामा गिरावट आएपछि उनी निकै तनावमा थिए । लोकप्रिय र उच्च सम्मानित नेताका रुपमा उदाएका शेफरलाई त्यहाँका जनताले राज्य प्रमुख वाउफियरको उत्तराधिकारीका रुपमा लिने गर्दथे । उनी मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन अफ जर्मनी (सिडियु) पार्टीसँग आबद्ध थिए ।
जर्मनीमा कोरोना महामारीका कारण अहिले सन् १९९० पछिकै सबैभन्दा ठूलो आर्थिक मन्दी देखिएको छ । ‘इन्ष्टिच्यूट फर इकोनोमिष्ट रिसर्च’ले जनाएअनुसार अहिले त्यहाँ जर्मनी एकीकरणपछिकै सबैभन्दा ठूलो आर्थिक गिरावट आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण