सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं – छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
मकवानपुर, मनहरी गाउँपालिका–९ स्थित सडकमा चितवनबाट हेटौंडातर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
ना.६३ प ५६९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका–८ बस्ने ३० वर्षिया बिन्दा घिमिरेको चुरेहिल अस्पताल हेटौंडामा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान ३३ वर्षीय लिलामणि घिमिरेको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कञ्चनपुर, पुनर्वास नगरपालिका–८ स्थित सडकमा से–६ प १९९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
बुधबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका–९ बिचफाटा बस्ने २६ वर्षीय दिपक सुनारको प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण