विदुषी राणाद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारको आकांक्षा व्यक्त
सारांश
- प्रतिनिधि सभा सदस्य विदुषी राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्।
- व्यवसायी समेत रहेकी राणाले नेपाली माटो, नेपाली श्रम र नेपाली सीपप्रति विश्वास राख्दै स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने प्रयास गरेको बताइन्।
- उनले पार्टीको संगठन निर्माण, नीति कार्यान्वयन तथा जनविश्वास अभिवृद्धिमा योगदान पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टी सदस्य तथा शुभेच्छुकहरूको साथ, सहयोग र विश्वास रहने अपेक्षा व्यक्त गरेकी छन् ।
काठमाडौं । प्रतिनिधि सभा सदस्य विदुषी राणाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति सदस्य पदका लागि आफ्नो आकांक्षा व्यक्त गरेकी छन्।
सोमबार आकांक्षा व्यक्त गर्दै व्यवसायीसमेत रहेकी राणाले नेपाली माटो, नेपाली श्रम र नेपाली सीपप्रति विश्वास राख्दै आफ्नो व्यवसायिक यात्रामार्फत स्वदेशी उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान पुर्याउने प्रयास गर्दै आएको बताइन्।
उनले व्यवसायिक यात्राका क्रममा नेतृत्व, व्यवस्थापन, जवाफदेहिता तथा परिणाममुखी कार्यशैलीको अनुभव हासिल गरेको उल्लेख गर्दै अब उक्त अनुभव र ऊर्जालाई पार्टी संगठनलाई अझ बलियो, प्रभावकारी तथा जनउत्तरदायी बनाउन समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
राणाले राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेको सुशासन, पारदर्शिता र समृद्ध नेपालको अभियानलाई संस्थागत रूपमा थप सुदृढ बनाउन आफूले केन्द्रीय सदस्य पदमा आकांक्षा व्यक्त गरेको बताइन्।
उनले पार्टीको संगठन निर्माण, नीति कार्यान्वयन तथा जनविश्वास अभिवृद्धिमा योगदान पुर्याउन आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै महाधिवेशन प्रतिनिधि तथा पार्टी सदस्यहरूको साथ, सहयोग र विश्वास रहने अपेक्षा व्यक्त गरिन्।
रास्वपाको पहिलो महाधिवेशन चितवनमा आइतबारदेखि जारी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीको दुई गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो जित
-
इरान वार्ताका क्रममा रुबियो खाडी क्षेत्रको भ्रमणमा
-
मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
-
कीर स्टार्मरको राजीनामा र बेलायती राजनीतिमा नयाँ हलचलः एन्डी बर्नहमद्वारा नेतृत्वको दाबी
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण