ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
सोमबार, ०८ असार २०८३, २३ : १२
सारांश
- ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न सात विदेशी पक्राउ परेका छन्।
- उनीहरूले सर्वसाधारण र प्रहरीलाई दुःख दिएको आरोप छ।
- पक्राउ पर्नेमा पाँच युगाण्डा र दुई भियतनामी नागरिक छन्।
काठमाडौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ठमेलस्थित फायरचोक क्षेत्रमा बाटो हिँड्ने स्वदेशी तथा विदेशी पर्यटक एवं सर्वसाधारण पुरुषलाई अनावश्यक रूपमा बाटो छेक्ने र अश्लील क्रियाकलापमार्फत हैरानी दिइरहेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ पर्नेमा पाँच युगाण्डा र दुई जना भियतनामका नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका सातै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: विष्णु पौडेललाई काठमाडौँ ल्याइँदै, मेसीले बनाए विश्वकपमा ऐतिहासिक रेकर्ड
-
जारी विश्वकपमा अर्जेन्टिनाका ‘वान म्यान आर्मी’ मेसीः टोलीका सबै ४ गोल उनकै नाममा
-
मेसीको कीर्तिमानी गोलसँगै अस्ट्रियाविरुद्ध पहिलो हाफमा अर्जेन्टिनाको अग्रता
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण