कर्णाली राजमार्गमा मिनी ट्रक दुर्घटना, चार घाइते
बिहीबार, २० चैत २०७६, २२ : २३
सुर्खेत । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा आज राति ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट क्वारेन्टाइनका सामग्री लिएर ठाटीकाँध गाउँपालिका जाँदै गरेको भे १ ख २७३० नम्बर को मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गत दुल्लु सडकखण्डको दुल्लु नगरपालिका –३ सियालामा दुर्घटनामा परेको थियो ।
ट्रक सडकभन्दा तीन सय मिटर तल खसेको थियो । घाइते हुनेमा ठाटीकाँध –६ का २३ वर्षीय चालक सागर शाही, दुल्लु –२ की २२ वर्षीया लक्ष्मी थापा, सोही वडाकी १७ वर्षीया रमिला थापा र जुम्ला जिल्ला सिंजा गाउँपालिका – ६ का १८ वर्षीय कर्णबहादुर बुढा छन् । घाइतेको उपचारका लागि प्रदेश अस्पताल सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपनिरीक्षक हरिबहादुर ओलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण