सल्यानका स्थानीय तहलाई मन्त्री ज्वाला र सल्लाहकार शर्माले पठाए स्वास्थ्य सामाग्री
सल्यान । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीम प्रकाश शर्माले सल्यानका स्थानीय तहमा स्वास्थ्य सामाग्री प्रदान गरेका छन् । मन्त्री ज्वाला र सल्लाहकार शर्माले बिहिबार सल्यानका २ स्थानीय तहलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् ।
कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भन्दै कर्णाली प्रदेश, मन्त्री ज्वाला र शर्माको व्यक्तिगत लगानीमा जिल्लाका बनगाड कुपिण्डे नगरपालिका र कुमाख गाउँपालिकामा अत्यावश्यक स्वास्थ्य सामाग्री प्रदान गरिएको हो। बनगाड कुपिण्डे नगरपालिकामा पीपीई १० सेट, सर्जिकल मास्क २ हजार थान र सिटामोल लगाएतको एक कार्टुन औषधी हस्तान्तरण गरिएको छ ।
यस्तै कुमाख गाऊँपालिकामा १० सेट पीपीई, एक हजार पाँच सय सर्जिकल मास्क र सिटामोल सहितको एक काटुर्न औषधी हस्तान्तरण गरिएको छ । पीपीई लगाएतका उपकरण मन्त्री ज्वाला र शर्माको ब्यक्तिगत लगानीमा र मास्क तथा औषधि स्वास्थ्य सेवा निर्देशनालयको तर्फबाट सल्यानमा पठाईएको जनाइएको छ । कोरोना भाइरसको संक्रमण फैलदैँ गएको बेला सहज स्वास्थ्य सेवाका लागी औषधि तथा उपकरण सल्यान पठाईएको मन्त्री ज्वालाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेन्दे खोला बाढीको एक वर्ष, रसुवा भन्सारकाे यार्ड अझै अस्तव्यस्त (तस्बिरहरू)
-
मिटरब्याज पीडित र सरकारबिच सिंहदरबारमा वार्ता
-
टेक्सासमा बाढीका कारण कम्तीमा दुई जनाको मृत्यु
-
विश्वकप फाइनलअघि संकट : डढेलोको धुवाँले न्यूयोर्कमा वायु प्रदूषण चेतावनी
-
उत्तर कोरियाली समाजवादप्रति चीनको दृढ समर्थन कहिल्यै परिवर्तन हुँदैन: वाङ हुनिङ
-
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण