साउदी अरबमा ४ जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि
आइतबार, २३ चैत २०७६, १७ : २८
साउदी अरबमा ४ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
नेपाली दूतावास साउदी अरबले ४ जना नेपाली कोरोना संक्रमित भएको पुष्टि भएको जानकारी दिएको हो। आइतवार साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण नेपाली दूतावास साउदीलाई उपलब्ध गराएको थियो। उनीहरुको अवस्था स्थिर रहेको जनाइएको छ।
आइतबारसम्म साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ । गत पछिल्लो २४ घण्टामा थप १४० जनामा संक्रमण देखिएको थियो। कूल संक्रमितहरुमध्ये हालसम्म ४२० जना निको भएका छन् भने २९ जना संक्रमितको मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
-
एमाले संविधान संशोधन सुझाव कार्यदल : खरेलको संयोजकत्वमा उपसमिति गठन
-
पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन
-
हामीले सरकार बनाएका हौँ, देश बनाउन बाँकी छ : महामन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण