के हो यस्ता खतरनाक रोगबाट बचाउँने कालो लसुन ?
एजेन्सी – सेतो लसुनको फाइदाका बारेमा त हामी सबैलाई थाहा नै छ । लसुनमा अमृत समान गुणहरु हुन्छन् । आयुर्वेदमा उल्लेख भएअनुसार लसुनका कयौं गुणहरु छन् ।
सेतो लसुन मात्रै होइन, कालो लसुन झनै धेरै फाइदाजनक हुन्छ । धेरैलाई कालो लसुनको बारेमा थाहा छैन । कालो लसुन पनि सेतो लसुनकै अर्को रुप हो । कालो लसुन सेतो लसुनलाई नै कालो बनाइने हो । यसले रक्तसञ्चार सन्तुलनमा राख्न, कोलेस्ट्रोल नियन्त्रण गर्न, मुटुसम्बन्धी रोगहरु कम गर्न र रोगप्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
के हो कालो लसुन ?
कालो लसुन विशेष प्रक्रियाबाट तयार पारिन्छ । लसुनलाई तातो र आद्र्रतायुक्त ठाउँमा राखिन्छ । जुन तापक्रममा लसुन डढ्दैन र यसका एन्जाइहरु टुक्रिन्छन् । जसमा विशेष प्रकारको एन्टी अक्सिडेन्ट्स उत्पादन हुन्छ । यसका साथै, उक्त लसुनमा पोलिफेनास, फ्लेवोनोइड र अल्कलोइड पनि उत्पादन हुन्छ ।
यो लसुनले विभिन्न प्रकारका क्यान्सरहरु रक्त क्यान्सर, पेटको क्यान्सर, पेटको क्यान्सरहरुको उपचारमा प्रयोग गर्ने गरिन्छ । यसका साथै, एलर्जी कम गराउँन, मेटाबोलिज्म बढाउन, कलेजोमा कुनै पनि प्रकारका रोग लाग्न र मस्तिष्क स्वस्थ राख्न सहयोग पुर्याउँछ ।
कालो लसुन निर्माणपछि झनै धेरै फाइदाजनक बन्छ । यो बन्ने क्रममा यसमा एन्टी इन्फ्लामेटरी गुण पनि निर्माण हुन्छ । कालो लसुन नियमित सेवन गरेका शरीरका कुनै पनि अंग सुन्निने समस्या कम हुँदै जान्छ ।
दैनिक खानामा कालो लसुन खाँदा रगतमा चिनीको मात्रा नियन्त्रण हुन्छ । मुटु स्वस्थ राख्न, विभिन्न प्रकारका क्यान्सरको सम्भावित जोखिमबाट बच्न कालो लसुन खाने गर्नुपर्छ ।
स्रोतः एबीपी न्यूज
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमति नभए छुट्टै १५ औँ महाधिवेशन गर्नुपर्छ : विमलेन्द्र निधि
-
खोजेको बेला उपस्थित हुनेगरी सम्पत्ति शुद्धीकरणबाट पनि रिहा भए प्रतिक थापा
-
एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली टोलीको घोषणा
-
राष्ट्रिय भेला गर्ने निर्णय थप सल्लाह गरेर मात्रै हुन्छ : पूर्णबहादुर खड्का
-
५ जना मृत अवस्थामा फेला
-
अस्वस्थकर मासुका परिकार बेच्ने ‘जिरे खुर्सानी दरबार’ लाई दुई लाख ५ हजार जरिबाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण