मलाई मन पर्छ
मङ्गलबार, २५ चैत २०७६, १३ : ५०
मलाई घाम मन पर्छ
मलाई सफा पानी मन पर्छ
प्रकृतिलाई माया गर्ने
मलाई ज्ञानी मान्छे मन पर्छ ।
मलाई बाबा मन पर्छ
मलाई मामु मन पर्छ
बाबा र मामु जस्तै माया गर्ने यो धर्ती मन पर्छ ।
मलाई रङ्गीचङ्गी फूलबारी मन पर्छ
जहाँ सधैँ पुतलीको बास हुन्छ
मलाई हरिया हरिया रूख मन पर्छ
जहाँ शीतल हावा चल्छ ।
मलाई चरा चुरुङ्गीको चिरबिर चिरबिर मन पर्छ
जुन मीठो सङ्गीत बन्छ
मलाई रङ्गिचङ्गी इन्द्रेणी पनि मन पर्छ
किनकि त्यसमा सातै रङ्ग हुन्छ ।
मलाई काला काला बादल मनपर्छ
जसले अमृतरूपी वर्षा गराउँछ ।
मलाई मीठो पाकेको आँप मनपर्छ
मनपर्ने कुरा किन्न बाहिर ननिस्क साथी
निस्किए कोरोनाभाइरस सर्न सक्छ ।
एनसीसीएस स्कुल, चण्डोल
कक्षा ३
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण