रियलले पनि खेलाडीको तलब कटौती गर्ने

कोरोना भाइरसले क्लब फुटबलमा आर्थिक संकट निम्त्याएपछि स्पेनिस जाइन्ट किलर रियल म्याड्रिडले पनि खेलाडीको तलब कटौती गर्ने भएको छ ।
रियलले खेलाडीको तलबमा १० देखि २० प्रतिशतसम्म कटौती गर्ने निर्णय गरेको छ । रियलको बोर्ड बैठकले फुटबल, बास्केटबल टिम र प्रशिक्षकको तलममा कटौती गर्ने निर्णय गरेको हो ।
सिजन सुरु भएको अवस्थामा १० प्रतिशत र सिजन त्यतिकै अन्त्य भएको अवस्तामा तलबमा २० प्रतिशत काटिने सहमति भएको रियलले उल्लेख गरेको छ । क्लबको संकटमा साथ दिएकोमा रियलले विज्ञप्ती मार्फत सबैलाई धन्यबाद पनि दिएको छ । कोरोना भाइरसको संक्रमण अहिले स्पेनमा झनै बढेको छ ।
यसअघि क्लबलाई आर्थिक संकट परेको भन्दै स्पेनिस पावर हाउस बार्सिलोना र एथ्लेटिको म्याड्रिडले खेलाडीको तलबमा ७० प्रतिशतसम्म कटौती गरेको थियो । स्पेनिस क्बल सेभिल्लाले पनि खेलाडीको तलबमा ७० प्रतिशत कटौती गर्ने तयारी गरेको छ ।
युरोपियन फुटबलका आएको आर्थिक संकटलाई टार्न इङलिस प्रिमियर लिग र इटालियन सिरि ‘ए’ ले पनि खेलाडीको तलबमा ३० प्रतिशत कटौती गर्ने निर्णय गरिसकेको छ । अहिले लिग फुटबल लगायत फुटबलका अन्य गतिविधि अनिश्चित कालका लागि स्थगित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु संकट समाधानका लागि लोमन्थाङ घोषणापत्र जारी
-
लोकसेवा आयोगतर्फका वकिलको जिकिर : ५२ संवैधानिक नियुक्तिमध्ये पछिल्ला २० जनाको नियुक्ति वैध छ
-
न्याय परिषद् नियमावली संशोधन खारेज गर्न र घिमिरेको अवहेलना मुद्दा छिटो टुङ्गाउन बारको आग्रह
-
न्याय परिषद्ले माग्यो सबै न्यायाधीशसँग एक/एक वटा फैसलाको प्रमाणित प्रतिलिपि
-
अधिकार नहुँदा औद्योगिक विकास र उद्यमशीलता काममा समस्या भयो : मुख्यमन्त्री लामा
-
आपराधिक गतिविधि, तस्करी पूर्ण रूपमा नियन्त्रण गर्न निर्देशन