१ वर्षमा तनहुँका ६३ जनाको दुर्घटनामा मृत्यु , अधिकाँश मोटरसाइकल दुर्घटना
किरण श्रेष्ठ
तनहुँ । तनहुँ जिल्लामा आव ०७३/०७४ मा सवारी दुर्घटनामा परी ६३ जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा मोटरसाइकल दुर्घटनाको बढी रहेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
प्रहरीका अनुसार यसरी मृत्यु हुनेमा ३० जना मोटरसाइकलका र ३३ जना विभिन्न सवारी दुर्घटनाका रहेका छन् ।
१ सय ७५ सवारी साधान दुर्घटना हुदाँ दुर्घटनामा परी गम्भीर घाइते २ सय ३३ र सामान्य १ सय ४९ जना घाइते भएका थिए । त्यसैगरी आव ०७३/०७४ मा १३ हजार ५ सय ४७ सवारीलाई कारवाही गर्दा ८४ लाख ७६ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।
सडक दुर्घटनामा बढि मात्रामा मोटरसाइकल दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले मोटरसाइकल लाई बढि निगरानी गरी चेकजाँच गर्न थालेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी सहायक निरीक्षणक राम बहादुर भट्टले जानकारी दिए ।
सडक दुर्घटनालाई न्यूनिकरण गर्न पृथ्वीराजमार्ग सडक अन्र्तगत पूर्वमा मुग्लिन देखि पश्चिममा कोत्रे सम्मको दुरीमा ४४ बटा कन्भेक्स मिरर जडान गरिएको उनले बताए ।
‘ घुम्ती सडकहरुमा कन्भेक्स मिररको साथै क्याट आई जडान गरिएको छ जसले सडकको छेउ कहाँसम्म छ भन्ने इंगित गर्छ र दुर्घटनामा न्यूनिकरण गर्छ,’ उनले भने । उक्त मिररले ५० मीटर अगाडि पछाडिको सवारी सजिलै देख्न सक्ने हुदाँ सवारी दुर्घटनामा कमी आएको प्रहरीको दावी रहेको छ ।
जिल्ला ट्राफिक कार्यालयमा बजेटको त्यति नहुने हुदाँ सडक डिभिजन कार्यालय र टूाफिक कार्यालयको संयुक्त आयोजनामा जेब्रा क्रसिङ, सडकको बीच भागमा लाइनिङ्ग गर्ने काम भैरहेको छ ।
पछिल्लो समय पटक पटक लापरवाही सवारी चलाउने चालकहरुलाई जरिवाना भन्दा पनि लाइसेन्स नै प्वाल पारी संम्वन्धित निकायमा पठाउने गरिएको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक कृष्ण बहादुर क्षेत्रीले जानकारी दिए । बिनाना लाइसेन्स सवारी चलाउने चालकलाई जरिवानाभन्दा पनि बढि मात्रामा सचेतनामूलक क्रियाकलापमा जोड दिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत जनकपुरमा न्याय सम्पादन चुस्त: दुई वर्ष नाघेका सबै मुद्दा शून्यमा
-
लागुऔषध र तरकारीको झोलामा लुकाएर ल्याएको पेस्तोलसहित दुई जना पक्राउ
-
अर्जेन्टिना फिफा वरीयताको शीर्ष स्थानमा
-
भोजपुरमा २७ वर्षीय युवकमाथि खुकुरी प्रहार
-
फेवातालमा बढेको पानीको सतहले डुबायो ‘तालघर’, नयाँ दृश्य हेर्न पर्यटकको भीड
-
चालु आर्थिक वर्षको अन्तिम दिन : लक्ष्यको ८३ प्रतिशत राजस्व संकलन, गत वर्षभन्दा सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण