इतिहासमा आज – हारले रोकिएन हिट्लरको उदय
आज १० अप्रिल । सन् १९३२ मा जर्मनीमा राष्ट्रपति चुनावको नतिजा घोषणा भएको थियो । निर्वाचनबाट पाउल भोन हिन्डेनवर्ग बहुमतसहित चुनिए । हिट्लर पराजित भए । अवकाशप्राप्त सैनिक अधिकारी हिन्डेनवर्ग लगातार दोस्रोपटक राष्ट्रपति बनेका थिए । यसले हिट्लरको उदय ढिला ग¥यो, तर सधैँ रोक्न सकेन ।
नाजी पार्टीले नोभेम्बर १९३२ को संसदीय निर्वाचनमा राम्रो मत ल्याएपछि हिट्लरले आफ्नो पार्टीलाई सरकारको हिस्सा बनाउनुपर्ने माग राखे । दबाबपछि जनवरी १९३३ मा हिट्लरलाई हिन्डिनवर्गले नै जर्मनीको चान्सलर नियुक्त गरे । लगत्तै हिट्लरले आफूलाई शक्तिशाली बनाउन कानून पारित गरे । यसले आम जनताको स्वतन्त्रतामा अंकुश लगाउने र चान्सलरलाई शक्तिशाली बनाउने काम गरेको थियो । अगस्त १९३४ मा राष्ट्रपति हिन्डिनवर्गको निधन भयो । त्यसपछि हिटलरले आफैलाई देशको सर्वोच्च नेता तथा चान्सलर घोषणा गरे । शक्तिशाली बनेसँगै जर्मनीको विश्वव्यापी प्रभूत्व कायम राख्ने हिट्लरको महत्वाकांक्षा तथा यहुदीविरुद्धको दमनकारी नीतिले दोस्रो विश्वयुद्धका लागि बाटो खुला ग¥यो ।
सन् १८४७– पुलित्जर पुरस्कारका प्रणेता अमेरिकी पत्रकार तथा प्रकाशक जाफेस पुलित्जरको जन्म ।
सन् १९१२– बेलायतको साउथह्याम्पटन बन्दरगाहबाट २ हजार २ सय २४ यात्रु बोकेर टाइटेनिकले आफ्नो पहिलो तथा अन्तिम यात्रा सुरु ग¥यो । न्युर्योकतर्फ लागेको यो जहाज ५ दिनपछि समुद्रमा डुब्दा १५ सयभन्दा बढीले ज्यान गुमाए ।
सन् १९७२– ईरानमा भूकम्पबाट झन्डै ५ हजारको मृत्यु ।
सन् २००१– नेदरल्यान्डमा इच्छा मृत्यु विधेयक संसद्बाट पास । यस्तो कानून बनाउने नेदरल्यान्ड विश्वकै पहिलो देश ।
सन् २००२ – १५ वर्षपछि लिट्टेका सुप्रिमो वी प्रभाकरन पहिलोपटक पत्रकार सम्मेलनमा सहभागी ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ
-
उपेन्द्र यादवको रिट हेर्न भ्याइएन, बुधबारलाई पेशी
-
यी राष्ट्राध्यक्ष र मुख्य नेताहरू, जसले विमान दुर्घटनामा ज्यान गुमाए
-
कटकुवा मिनिबस दुर्घटना अपडेट : यी हुन् घाइते २१ जना (विवरणसहित)
-
तब्बुको हातबाट फुत्कियो पवन कल्याणको ओजी
-
बुढानीलकण्ठबाट सिक्री लुटेर भागेका युवक पक्राउ