चट्याङ लागेर एकको मृत्यु
सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
पाँचखपन नगरपालिका–२ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।
शनिबार राति ७ः३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले जानकारी दिए ।
शनिबारनै राँगोले हानेर खाँदबारी नगरपालिका–११ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–११ आङ्लाका ६४ वर्षीय तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै खेत आङ्लामा रहेको गोठमा राँगो बाध्नेक्रममा उनीमाथि राँगोले आक्रमण गरेको थियो । गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शवपरीक्षणका लागि शनिबार नै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण