चट्याङ लागेर एकको मृत्यु

सङ्खुवासभाको पाँचखपनमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ ।
पाँचखपन नगरपालिका–२ की ५२ वर्षीय डम्बर कुमारी राईको गएराति वर्षासँगै आएको चट्याङ लागेर घटनास्थमलै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मिम लामाले जानकारी दिए ।
शनिबार राति ७ः३० बजे राई घरमै बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । राईको शवपरीक्षणका लागि आइतबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको पाँचखपनका नगरप्रमुख विपीन राईले जानकारी दिए ।
शनिबारनै राँगोले हानेर खाँदबारी नगरपालिका–११ मा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी–११ आङ्लाका ६४ वर्षीय तुलाराम गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
आफ्नै खेत आङ्लामा रहेको गोठमा राँगो बाध्नेक्रममा उनीमाथि राँगोले आक्रमण गरेको थियो । गुरुङको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गुरुङको शवपरीक्षणका लागि शनिबार नै जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम सुकुम्बासी सङ्घद्वारा काठमाडौँ महानगरपालिका घेराउ गर्ने चेतावनी
-
घरायसी विवाद हुँदा देवरले गरे भाउजूको हत्या
-
अन्तिम फैसला नआएसम्म आधिकारिक एनआरएनए हामी नै हौँ : महेश श्रेष्ठ
-
किशोरीद्वारा युवकमाथि चक्कु प्रहार, भाग्न खोज्दा लडेर घाइते
-
’स्टुडेन्ट इन्गेजमेन्ट टुर २०२५’ मा अन्तर्राष्ट्रिय अध्ययनबारे जानकारी प्रदान
-
हेटौँडाकी मेयरको कार : सरकारी सवारीमा निजी नम्बर प्लेट