सिटी एक्सप्रेस मनि ट्रान्सफर र सेल पे बीच रेमिटान्स कारोबार सुरु
काठमाडौं– सिटी एक्सप्रेस मनी ट्रान्सफर र सेल पे बीच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सम्झौता अनुसार सेल पे प्रयोगकर्ताहरुले वेब र मोबाइल एप प्रयोग गरी सिटी एक्सप्रेसको नेपाल भरी रहेका ७,५०० भन्दा बढि एजेन्टहरु मार्फत आन्तरिक विप्रेषण पठाउन सक्नेछन् ।
यसका लागी मोबाइल वालेटको आवश्यक नपर्ने र विप्रेषण बापतको रकम सेल पेमा आबद्व भएको बैंक खाताबाट स्वतः डेबिट हुनेछ । सेल पेबाट मोबाईल रिचार्ज, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी लगायतका सेवाहरु गर्न सकिन्छ ।
सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १३ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ७५०० भन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
-
जुम्लामा मार्सीधान रोपाइँ गरिँदै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने विरूद्ध कारबाही प्रक्रिया अघि बढ्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण