शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

डलरको भाउ अहिलेसम्मकै उच्च, अन्य देशको विनिमयदर कति ?

शुक्रबार, ०५ वैशाख २०७७, ०८ : ०९
शुक्रबार, ०५ वैशाख २०७७

काठमाडौं – नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा तोकेको थियो । उक्त दर आज (शुक्रबार वैशाख ५) गते बढेर  खरिददर १२२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२३ रुपैयाँ २८ पैसा पुगेको छ । 

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ।  

यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ । 

र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ । 

तालिकामा विस्तृतमा हेर्नुहोस्ः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप