लकडाउनमा खुल्यो भाटभटेनी सुपरमार्केट, तस्बिरमा हेर्नुस् उपभोक्ताको चहलपहल
काठमाडौं । लकडाउनका बीच पनि भाटभटेनी सुपरमार्केट शुक्रबारदेखि खुलेको छ । भाटभटेनीले राजधानी उपत्यकाका विभिन्न ६ वटा आउटलेट खोलेको हो ।
गुणस्तरीय दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चाहनालाई मध्यनजर गर्दै शुक्रबारदेखि उपत्यकाभित्रका ६ वटा स्टोर खुला गर्ने निर्णय गरिएको भाटभटेनी सुपरस्टोरका चिफ अपरेटिङ अफिसर पानु पौडेलले जानकारी दिए ।

भाटभटेनीले कलंकी, महाराजगन्ज, नक्साल, भक्तपुर, कोटेश्वर र पुल्चोकको आउटलेट खोलेर उपभोक्तालाई सेवा दिन लागेको हो । ललितपुरको सातदोबाटो तथा काठमाडौंको चुच्चेपाटी, बालाजु, अनामनगर र त्रिपुरेश्वरस्थित आउटलेट भने बन्द नै रहने छन् ।

भाटभटेनीले उपत्यकाबाहिर पनि विराटनगर, धरान, नारायणगढ, बुटवल, भैरहवा, पोखरा, नेपालगन्जमा पनि भाटभटेनी सुपरस्टोरको नामबाट आउटलेट सञ्चालन गरेको छ । उपत्यकाबाहिरका ती आउटलेट पनि खुला रहेका छन् ।

प्राणघातक रोग कोभिड–१९ निम्त्याउने कोरोना भाइरस संक्रमणको त्रासले मुलुक लकडाउनमा गएपछि भाटभटेनीले उपत्यकाका आउटलेटहरु बन्द गरेर होम डेलिभरी सेवा दिँदै आएकोमा अब खोलेरै सेवा दिएको हो ।
उल्लेखित स्टोर बिहान १० बजेदेखि साँझ ७ बजेसम्म खुल्न पौडेलले बताए ।

कोरोना संक्रमण रोकथामका लागि पर्याप्त सावधानी अपनाएर आउटलेट सञ्चालन गरिएको छ । एकपटकमा स्टोरभित्र १० जनालाई मात्रै प्रवेश दिने गरिएको छ भने त्यसमा पनि सोसियल डिस्ट्यान्सिङ कायम गर्ने नीति लिइएको छ ।














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व दाखिला
-
ट्रम्पद्वारा ‘रणनीतिक जित’ को दाबी, तर सम्झौताका सर्तबारे प्रश्नैप्रश्न
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण