शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भिभिआइपी सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता हुँदै

शनिबार, ०६ वैशाख २०७७, ०६ : ३६
शनिबार, ०६ वैशाख २०७७

काठमाडौं : गृह मन्त्रालयले विशिष्ट व्यक्ति (भिभिआइपी) को सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको छ । 

सीमा सुरक्षामा जनशक्ति अभाव भएपछि विश्ष्टि व्यक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मी कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेस भएको हो । 

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापाले सो प्रस्ताव पेस गरेका हुन् । मन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री, राजनीतिक दलका नेता, पूर्व मन्त्रीहरुको सुरक्षार्थ खटिएका दुई तिहाइ अर्थात ७५ प्रतिशत सुरक्षाकर्मी पनि फिर्ता गर्ने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा पेस गरेको छ । 

पूर्व प्रधानमन्त्रीलाई ३ जना, गृहमन्त्रीलाई दुई जनाबाहेक सबै सुरक्षाकर्मी फिर्ता गर्ने प्रस्ताव गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप