बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हावाहुरी र असिनाले रौतहटमा क्षति, विद्युत् लाइन अवरुद्ध

शनिबार, ०६ वैशाख २०७७, १० : ३२
शनिबार, ०६ वैशाख २०७७

रौतहट – बर्षासंगै आएको हावाहुरीको कारण रौतहट र बारामा क्षति पुगेको छ । भने जिल्लाको अधिकांश स्थानमा विद्युत् आपूर्ति ठप्प भएको छ । 

शुक्रवार राति ९ बजे बर्षासंगै आएको हावाहुरीले रौतहट र बाराको बिभिन्न स्थानमा घरको छाना उडाउनुका साथै रुख तथा दर्जनौँ विद्युत्को पोल समेत ढालेको छ । 

विद्युत्का पोलहरु ढलेकाले गएराति देखिनै रौतहटमा विद्युत आपूर्ति अवरुद्ध भएको हो  ।

हावाहुुरीले मौलापुर नगरपालिका–५ का शुुभनारायण तिवारी, देवाहीगोनाही नगरपालिका– ४ का कप्तान पटेल र बंकुल चौकस्थित जगदम्बा ट्रेडर्सको घरको छाना उडाएको छ ।

तिवारीको १ लाख बढी र पटेलको ४ लाख र जगदम्बाको २ लाख बढी क्षति भएको छ । त्यसैगरी, बौधीमाई नगरपालिका अन्तर्गत सरमुजवा गाँउमा झण्डै ३ दर्जन गोठ तथा कच्चीघरको छाना उडाएको छ ।

बर्षासंगै आएको असिनाले काट्ने बेला भएकोे गँहुुबाली, मकै र तरकारीबालीमा लाखौं बराबरको क्षति भएको देवाही गोनाहीकी उपमेयर परनिया देवी पटेलले जानकारी दिएकी छिन् ।

हावाहुुरीका कारण मौलापुर,देवाहीगोनाही,बौधीमाई नगरक्षेत्र अन्तरगत ३ दर्जनभन्दा बढी विद्युत् पोल र दर्जनौँ रुख ढलेका छन् । 

पोल ढलेको ठाँउमा अर्को पोल राख्ने काम भइरहेकाले आज बेलुकीसम्ममा विद्युत् आपूर्ति सहज हुने नेपाल विद्युत् प्राधिकरण मौलापुर शाखाका प्रमुख शक्ती साहले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप