गौशाला–चुच्चेपाटी सडक निर्माण सुरु
काठमाडौं – घाममा धुलो र वर्षामा हिलोको नामले परिचित गौशाला–चाबहिल–चुच्चेपाटी खण्डको निर्माण कार्य बन्दाबन्दीकै बीचमा सुरु भएको छ ।
काठमाडौँ उपत्यकाको सडक सुधार तथा ट्राफिक व्यवस्थापन अभियानअन्तर्गत यस सडक खण्डको निर्माण कार्य सुरु भएको हो ।
खानेपानीको पाइप चुहिएका कारण विगत लामो समयदेखि धुलो र हिलोको सास्ती भोग्नु परेको यस सडक खण्डको निर्माणका लागि ठेक्का पट्टाको काम सम्पन्न भई निर्माण कार्य सुरु भइसकेको सडक विभागले जनाएको छ ।
विभागका अनुसार सडक निर्माणअन्तर्गत अहिले सो सडक खण्डमा बिछ्याइएको खानेपानी पाइपको ‘प्रेसर’ परीक्षण कार्य अन्तिम चरणमा रहेको छ । विभागका अनुसार, यो सडक खण्डको निर्माण कार्य सुरु गर्न कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्च स्तरीय समिति र जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट समेत स्वीकृति प्राप्त भइसकेको छ ।
बन्दाबन्दीमा काम गर्ने भएकाले सो स्वीकृति लिनुपरेको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण