‘सम्बन्धविच्छेदपश्चात् विवाह गर्ने तयारीमा थियौं म र ऋतिक’
बीबीसी
बलिउड अभिनेत्री कंगना रनौट एकपटक पुनः चर्चामा छिन् । केही समय अघि उनले बलिउडमा नातावादको विषयमा फिल्म निर्माता करण जोहरमाथि निशाना साँधेकी थिइन् ।
त्यसपछि बलिउडका थुप्रै सेलिब्रिटीले नातावादको मुद्दामा आफ्ना विचार सार्वजनिक गरेका थिए । अब एकपटक पुनः कंगनाले बलिउडका चर्चित अभिनेता ऋतिक रोशनसँगको आफ्नो सम्बन्धबारे एक नीजि टेलिभिजनसँग खुलेर कुराकानी गरेकी छिन् ।
टेलिभिजन शोमा कंगनाको बयानपछि एक पटक पुनः यो मुद्दाले चर्चा पाएको छ । उनका अनुसार उनी ऋतिकसँग विवाह गर्न चाहन्थिन् र यसबारे दुबैका बिच कुराकानीसमेत भएको उनले बताइन् ।
ऋतिकले पनि श्रीमतीसँग सम्बन्धविच्छेद भएपछि उनीसँग विवाहको बचन दिएको कंगनाले दाबी गरिन् ।
कंगना र ऋतिकबिचको विवाद कुनै नौलो होइन । काइट्स र कृष थ्रीमा सँगै काम गरिसकेका कंगना र ऋतिकले एक–अर्कालाई कानूनी नोटिस पनि पठाइसकेका छन् ।
ऋतिकले कंगनासँगको प्रेम सम्बन्धलाई अस्विकार गर्दै आएका छन् । यो पूरा विवादमा ऋतिक रोशनका बुवा राकेश रोशन पनि सार्वजनिक भएका थिए र उनले भनेका थिए, ‘यदि ऋतिकले वास्तविक कुरा खोल्यो भने मानिसहरु अचम्मित हुनेछन् ।’
कंगना र ऋतिकबिचको विवाद ?
सन् २०१६ को जनवरी १५ तारिखमा ऋतिक रोशनले भनेपछि ‘आशिकी थ्री’ फिल्ममा कंगनाको साटो सोनम कपूर राखियो भन्ने खबर सार्वजनिक भएको थियो । त्यसपछि कंगना र ऋतिकबिच सबैकुरा ठिक नभएको भन्ने खबर आउन थाल्यो ।
सन् २०१७ को जनवरी २७ तारिखमा एक पत्रिकाले कंगनालाई आशिकी थ्रीबाट हटाइएको बारे प्रश्न सोध्दा उनले भनेकी थिइन्, ‘हो, चारैतिर यस्तो अफवाह छ । यो अफवाह कहाँबाट आएको हो भन्ने कुरा सबैलाई थाहा छ । मलाई थाहा छैन, यस्तो फाल्तू कुराले तपाईंलाई किन आकर्षित गर्छ भनेर मलाई थाहा छैन । मेरो लागि यो च्याप्टर बन्द भइसकेको छ र म गाडिएको मुर्दालाई निकाल्न चाहन्नँ ।’
त्यसपछि नै कंगना र ऋतिकबिच विवाद सुरु भएको थियो जुन अहिलेसम्म पनि जारी छ ।
उक्त कार्यक्रममा प्रश्नको जवाफ दिँदै कंगनाले थपिन्, ‘सन् २०१४ मा हाम्रो सम्बन्ध पूर्ण रुपमा समाप्त भएको थियो । उनले सयौं मेल मेरो अकाउन्टबाट आफ्नो अकाउन्टमा मेल गरे । उक्त मेलमा उनले लेख्थे, ‘मलाई तिम्रो निकै याद आइरहेको छ । म त मरें । मेरो दिमागमा समस्या छ, मेरो उपचार गराउ ।’
यद्यपी, ऋतिक रोशनले कंगनाले उनलाई हज्जारौं मेल पठाउने गरेको बताइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ
-
किशोरीमाथि सामूहिक जबर्जस्ती करणी आरोपमा तीन जना पक्राउ
-
सहयोगापेक्षीको व्यवस्थापन गर्दै काठमाडाैँ महानगर
-
देशमा बेवास्ता, विदेशमा मागः लाइसेन्सको पर्खाइमा मेडिकल माइक्रोबायोलोजिस्ट
-
मुद्दाको कार्य बोझ घटाउन सर्वोच्चको रजिस्ट्रारलाई पूर्वसुनुवाइ र प्रमाण सङ्कलनको जिम्मेवारी
-
समाजवादी र लोकतान्त्रिक मूल्यको रक्षाका लागि साझा अभियान घोषणा गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण