कोरोनाभाइरसको 'हटस्पट' उदयपुर सिल
काठमाडौँ । कोरोनाभाइरस संक्रमितको संख्या २४ पुगेपछि उदयपुर जिल्लाका नाकाहरु सिल गरिएको छ । जिल्ला कोरोनाभाइरस संक्रमणको हटस्पट बनेसँगै अन्य जिल्लामा संक्रमण फैलन नदिन प्रदेश १ सरकारले जिल्लालाई सिल गर्ने निर्णय गरेको हो ।
उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बसेका भारतीय लगायतमा यतिबेला कोरोनाभाइरस संक्रमणको पुष्ट भएको छ । नेपाली सेनाको सहयोगमा मस्जिद वरपर रहेको बस्तीमा थ्रोट स्वाबको नमुना संकलन गरी परीक्षण भइरहेको छ ।
यता, प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले लकडाउन सुरु भएयता देखि नै जिल्ला सिल नै जस्तै अवस्थामा रहेको बताउँदै संक्रमित भेटिएपछि यसमा थप निगरानी बढाइएको बताए । संक्रमित भेटिएको गाउँ र आसपासका क्षेत्रलाई यसअघि नै सिल गरिएको पनि उनले जानकारी दिए ।
पैदल हिँडेर आएकाहरुलाई पनि सम्बन्धित स्थानीय तहमा बुझाएर क्वारेन्टाइनमा बस्न लगाएको उनले बताए । जिल्लाका अन्य क्षेत्र र अन्य जिल्लामा संक्रमण फैलिन नदिन आफूहरु सचेत ढंगल अघि बढेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण