पठनपाठन केही महिना धकेलिए पनि शैक्षिक सत्र परिवर्तन नहुने
काठमाडौं – कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण यस वर्षको विद्यालय तहको पठनपाठन केही महिना धकेलिने सङ्केत देखिए पनि शैक्षिक सत्रमा परिवर्तन भने नगरिने भएको छ । सङ्क्रमण नियन्त्रणमा आएर विद्यार्थीले कक्षामै पुगेर पढ्न साउन वा भदौ महिना नै लागे पनि शैक्षिक सत्र भने वैशाख नै कायम गरिनेछ ।
आर्थिक वर्ष र नयाँ शैक्षिक सत्रलाई एकसाथ मिलाएर लैजाने विषयमा कुनै छलफल नै नगरिएको सरकारी अधिकारीहरूले स्पष्ट गरेका छन् । नेपालमा साउनबाट नयाँ आर्थिक वर्ष र वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने गरेको छ ।
शैक्षिक सत्र परिवर्तनले शिक्षाका साथै मुलुकको धेरै क्षेत्रमा दूरगामी असर तथा दीर्घकालीन प्रभाव पार्ने भएकाले कोरोना सङ्क्रमणको मात्रै कारण देखाएर शैक्षिक सत्र नसार्ने टुङ्गोमा शिक्षाका अधिकारीहरू पुगेका छन् । शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डा. तुलसी थपलिया यस वर्ष असामान्य परिस्थितिका कारण वैशाखबाट विद्यार्थीको पठनपाठन प्रारम्भ गर्न नसकिए पनि तत्काल शैक्षिक सत्रमा फेरबदल नगरिने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग
-
विभिन्न दस्ताबेज पारित गर्दै एकीकृत समाजवादीको बैठक सम्पन्न
-
बागमती विश्वविद्यालयको संरक्षक समितिमा दुई सदस्य नियुक्त
-
युवा संघ नेपालले १५ बुँदा माग राख्दै बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
-
अवस्था ठिक नभएका सवारी साधन चलाउने ५३ जना चालक कारबाहीमा
-
निजी क्षेत्र कस्तो चाहन्छ आगामी वर्षको बजेट ?