शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

राष्ट्रिय सभाको गरिमा बढाउन सांसदहरूका लागि अभिमुखीकरण आवश्यक: ढुङ्गाना

शुक्रबार, ०८ साउन २०८३, १५ : १९
शुक्रबार, ०८ साउन २०८३

सारांश

  • सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय सभाको गरिमा बढाउन र संसदीय समितिहरूको कार्यसम्पादन सुधार गर्न सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताएका छन्।
  • उनले यस्ता कार्यक्रमले सांसदहरूको क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र प्रस्तुत गर्ने शैली तथा कलाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।
  • विज्ञहरूको अनुभवबाट सिकाइले संसदीय समितिहरूको काममा थप निखार ल्याउने उनको भनाइ छ।

काठमाडौँ। नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुङ्गानाले राष्ट्रिय सभाको गरिमा अभिवृद्धि र संसदीय समितिहरूको कार्यसम्पादनलाई प्रभावकारी बनाउन सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आवश्यक रहेको बताएका छन्।

शुक्रबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै सांसद ढुङ्गानाले सिक्ने प्रक्रिया जीवनभर चलिरहने उल्लेख गर्दै यस्ता कार्यक्रमले सांसदहरूको क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका हुन्। 

उनले राष्ट्रिय सभालाई कसरी अनुशासित ढङ्गले अगाडि बढाउने र समितिका प्रतिवेदनहरूलाई कसरी गुणस्तरीय एवं प्रभावकारी बनाउने भन्ने विषयमा गहन छलफल र सिकाइको आवश्यकता रहेको बताए। प्रस्तुतिकरण र सिकाइको महत्त्वबारे बोल्दै सांसद ढुङ्गानाले भने, ‘ज्ञान हुनु एउटा पक्ष हो तर त्यसलाई प्रस्तुत गर्ने शैली र कला अर्को महत्त्वपूर्ण पक्ष हो।’

दक्षता विकासबारे थप स्पष्ट पार्दै उनले भने, ‘धेरै विद्वान्हरू भए पनि सबैमा प्रस्तुत गर्ने दक्षता नहुन सक्छ। त्यसैले विज्ञहरूको अनुभवबाट सिक्नु हाम्रा लागि फलदायी हुन्छ।’

सांसद ढुङ्गानाले विज्ञहरूको छनोट गरी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दा संसदीय समितिहरूको काममा थप निखार आउने बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप