मेगा बैंकका ग्राहकहरुलाई १२ प्रतिशत छुटमा घरमै स्वास्थ्य सेवा र औषधि
आइतबार, १४ वैशाख २०७७, १८ : ०७
काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई इजी केयरले विशेष छुटका साथ घरमै स्वास्थ्य सेवा र औषधी प्रदान गर्ने भएको छ ।
मेगा बैंकसँग भएको सम्झौता अनुसार, इजी केयरले लकडाउनमा पनि विशेष छुटका साथ घरमै पुगेर मेगा बैंकका ग्राहकहरुलाई स्वास्थ्य सेवा दिने तथा औषधि पुर्याउने भएको हो ।
मेगा बैंकका डेबिट र क्रेडिट कार्डबाहक ग्राहकहरुले कार्ड तथा मेगा स्मार्ट बैंकिङमार्फत रकम भुक्तानी गर्दा १२ प्रतिशत छुट पाउने भएका छन् ।
इजी केयरको वेभसाइट, टेलिफोन नम्बरहरु ९८६०९८०९९९, ९८६०९८०७७७ तथा भाइबर र ह्वाट्सएप मार्फत ग्राहकहरुले इजी केयरलाई सम्पर्क गर्न सक्नेछन् ।
देशव्यापी लकडाउनका कारण बिरामीहरुलाई स्वास्थ्य सेवा दिन तथा औषधि खरिद गर्न समस्या नहोस् भन्ने उद्देश्यले मेगा बैंकले इजी केयरसँग सम्झौता गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
-
आपूर्ति चिन्ताले लगातार पाँचौँ दिन बढ्यो तेलको मूल्य, कतिमा भइरहेछ कारोबार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण