अनलाइन पढाइ गर्न कठिन
काठमाडौं – त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस तथा केन्द्रीय विभागले अनलाइन प्रविधिबाट विद्यार्थीलाई पढाउन थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वविद्यालयको नियमित कक्षा सञ्चालन गर्न केही विलम्ब हुने देखिएपछि अनलाइन प्रविधिबाट अध्यापन जोडिएको हो तर अनलाइन अध्यापन त्यति सहज भने देखिन सकेको छैन ।
विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले स्नातकोत्तर तह अध्यापन गराउने क्याम्पसमा अध्यापन सुरु भएको जानकारी दिए । यसका साथै विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित सामुदायिक क्याम्पसले पनि अनलाइन प्रविधिबाट पढाइ सुरु गरेको जानकारी आफूले पाएको उनले बताए । यसअघि विश्वविद्यालयका केन्द्रीय विभागले पनि अनलाइन प्रविधिबाट विद्यार्थीको पठनपाठन सुरु गरेका थिए ।
विश्वविद्यालयले अनलाइनबाट विद्यार्थीलाई पठनपाठनमा जोडे पनि स्नातक तह तथा धेरै विषय पढाउने बहुमुखी क्याम्पसमा भने पढाउन समस्या देखिएको पदाधिकारीको भनाइ छ । मानविकी, शिक्षा शास्त्र र व्यवस्थापन सङ्कायमा स्नातक तहमा कक्षा लिन समस्या भएको जनाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण