बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लकडाउन खुल्यो भने पनि गाउँ गएकाहरु तत्काल शहर फर्कन असम्भव

सरकार केही बोल्दैन, व्यवसायी भन्छन्, ‘दशैँपछि मात्रै फर्कने तयारी गर्नुस्’
सोमबार, १५ वैशाख २०७७, १२ : ३३
सोमबार, १५ वैशाख २०७७

काठमाडौं । ‘लकडाउन थप्ने कि नथप्ने ?’ सामाजिक सञ्जालमा अघिल्लो २ पटक लकडाउन थप्न गर्नुअघिसम्म यस्तो प्रश्न सोधियो भने उत्तर अधिकांश आउँथ्यो, ‘संक्रमण फैलिन नदिन लकडाउन थप्नुपर्छ ।’ लकडाउन थप्नुपर्ने विकल्पमा ९० प्रतिशत भन्दा बढीको समर्थन हुन्थ्यो ।

तर पछिल्लोपटक यस्तो भएन । लकडाउनलाई आंशिक रुपमा खुलाएर जनजीवन सहज बनाउनुपर्ने तर्कहरुले पछिल्लो समय प्राथमिकता पाउँदै गए । कतिपयले अर्थतन्त्रलाई जोगाउनको लागि पनि आर्थिक गतिविधिलाई खुकुलो बनाउँदै लैजानुपर्ने मत जाहेर गर्न थाले । यही प्रकारको लकडाउन थप्नुपर्छ भन्नेको संख्या निकै कम हुँदै गयो ।

दुई साताअघि ‘रोग सडकसम्म आउँछ, सडकमा निस्कनुभएन भने घरभित्र आउँदैन’ भन्ने जनमानस दुई सातामा किन यसरी ‘यूटर्न’ भए त ? जबकि, कोरोनाको संक्रमण यो अवधिमा निकै बढेको छ । अघिल्लो लकडाउन घोषणा गर्नुअघि जम्मा ११ जना कोरोना संक्रमित थिए, अहिले त्यो संख्या ५० भन्दा माथि पुगिसकेको छ ।

 


यसको दुईवटा कारण हुनसक्छ ।

कोरोनाका खबर सुन्दासुन्दा मानिसहरु एकप्रकारले ‘मोनोटोनस’ भइसके । बाहिर जाने र अरु काम गर्ने विकल्प नै नभएको अवस्थामा सामाजिक सञ्जालमै झुम्मिनुको अर्को उपाय पनि छैन । यो हिसाबले पलपलमा कोरोनाको अपडेट लिनु त मान्छेको दिनचर्या नै भइसक्यो । तर यो दिनचर्याको बीचमा पछिल्ला केही सुखद घटनाक्रम देखापर्न थाल्यो । अहिलेसम्म नेपालमा रोग लागेर कसैको पनि मृत्यु नहुनु र संक्रमितहरु एकपछि अर्को निको हुँदै घर फर्किनुले रोग ‘सोचेजस्तो भयानक रहनेछ’ भन्ने धारणा विकास हुँदै गएको देखिन्छ ।


मृत्युको भय जति पीडादायक हुन्छ, वास्तविक मृत्यु त्योभन्दा सजिलो हुन्छ । शरीरमा दुईवटा घाउ छ भने बढी चोट लागेको मात्रै दुखेको अनुभव हामीलाई हुन्छ । यहाँ पनि त्यस्तै अवस्था भयो । सुरुमा कोरोनाबाट आम मान्छेमा मृत्युको जुन भय थियो त्यसलाई ‘कोरोना जितेका’ को समाचारले ‘मलमपट्टि’ लगाइसकेको छ । अब आर्थिक अभावको घाउ बढी दुख्न थालेको छ ।


हुन त यसअघि विश्वमा भाइरसको संक्रमणबाट निको हुनेको लाखौँको संख्याबारे नसुनिएको होइन । तर, कोरोनाको संक्रमणलाई जितेको खबर प्राथमिकतामा परेन । नेपालमा रोगको संक्रमणदेखि निको भएर घर फर्किने चक्रसम्म पुग्दा जनताले यो रोगलाई जति नजिकबाट नियाल्ने अवस्था बन्यो त्यो अवस्था पहिले थिएन ।

शरीरमा भाइरसको संक्रमण सुरु भएपछि यसले आफैं त्यसको प्रतिरोधी तत्व (एन्टिबडि) विकास गर्छ र त्यसलाई निष्क्रिय गर्छ भन्ने सबैलाई प्रष्ट भयो । जुन रोगको औषधि संसारले बनाउन सकेको छैन, त्यसको औषधि हाम्रो शरिरले नै उत्पादन गरिरहेको छ । जसको शरिरले त्यो उत्पादन गर्न सक्दैन, वा उत्पादन गरेर पनि त्योभन्दा रोग बढी बलियो भइदिन्छ, उसलाई मात्रै समस्या हुने हो । अहिले त ‘एन्टिबडी’ उत्पादन गर्ने शरिरको रगतको प्लाज्मा लिएर अरु संक्रमितको उपचारमा प्रयोग गर्ने पद्दतिसमेत सुरु भइसकेको छ ।

नेपालमा अहिलेसम्म ५० भन्दा बढीलाई यो रोग देखिएको छ । तर अहिलेसम्म यही रोगको कारणबाट कसैको पनि मृत्यु भएको छैन । तर, १६ जनाले निको भएर घर फर्किसकेका छन् । त्यसैले पनि यो रोगलाई पहिले कल्पना गरेको भन्दा सामान्य हिसाबले लिने क्रम सुरु भएको हो ।

मृत्युको भय जति पीडादायक हुन्छ, वास्तविक मृत्यु त्योभन्दा सजिलो हुन्छ । शरीरमा दुईवटा घाउ छ भने बढी चोट लागेको मात्रै दुखेको अनुभव हामीलाई हुन्छ । यहाँ पनि त्यस्तै अवस्था भयो । सुरुमा कोरोनाबाट आम मान्छेमा मृत्युको जुन भय थियो त्यसलाई ‘कोरोना जितेका’ को समाचारले ‘मलमपट्टि’ लगाइसकेको छ । अब आर्थिक अभावको घाउ बढी दुख्न थालेको छ ।


यसरी भान्सा रित्तिँदै गर्दा, बजार महँगिदै गर्दा र किन्ने क्षमता कमजोर बन्दै गर्दा गहिँरिँदै गएको संकटको ‘घाउ’ र रोगप्रतिको ‘समायोजित’ भयभन्दा बढी हुँदै गयो । त्यसले गर्दा मानिसहरु अहिले आफ्नो भविष्य र समग्र देशकोे अर्थतन्त्रप्रति चिन्तित हुन थालेका छन् । त्यसकै प्रतिविम्बस्वरुप सामाजिक सञ्जालमा प्रश्न देख्न पाइन्छ, ‘लकडाउन कहिलेसम्म ?’


३५ दिनसम्म लकडाउनका कारण थुनिएका अधिकांश नागरिकसँग बचत रकम सकिइसकेको छ । दैनिक ज्यालादारीलाई त यसअघि नै अप्ठ्यारो सुरु भइसकेकै हो । तलबी कर्मचारीलाई पनि अब संकट सुरु भएको छ । चैत महिनाको तलब पाए पनि त्यो पनि अब सकिँदै गएको छ । बैशाखमा के गर्ने भन्नेबारे सरकार मौन छ । बैशाख महिनामा चैत महिना जस्तै कामै नगरे पनि भुक्तानी दिनु भन्ने ‘पोजिसन’ सरकारको छैन । सरकारले भनिहाल्यो भने पनि त्यसलाई सबै क्षेत्रले लागु गर्ने सम्भावना पनि कम छ ।

उता, यसअघिको स्टकबाट उपभोग भइरहेको खाद्यान्न अब संकटको अवस्थामा पुगिसकेको छ । त्यसैले विस्तारै दैनिक अत्यावश्यक उपभोग्य सामानहरु महँगिने क्रम सुरु भइसकेको छ । दाल, तेल लगायतमा मूल्य बढिसकेको छ । सरकारी कम्पनीहरु खाद्य तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ, साल्ट ट्रेडिङ लगायतले सामान बिक्री मार्फत् गर्दै आएको बजार हस्तक्षेप यसअघिसम्म प्रभावकारी हुँदै आए पनि अब कमजोर हुँदै गएको छ ।

त्यसो त, ती कम्पनीले बिक्री गर्ने सामान पनि  महँगो हुने अवस्था छ । खाद्य कम्पनीले किसानसँग किनेको धानचामलको स्टक सकिँदै जाँदा टेन्डर गरेर थप खाद्यान्न ल्याउन चाहिरहेको छ । तर खाद्यको टेन्डरमा आकर्षण देखिएको छैन । अब सो कम्पनीले पनि उच्च मूल्य दिएर खाद्यान्न किन्नुपर्ने अवस्था आएको छ, यसको अन्तिम असर उपभोक्तासम्म पुग्ने निश्चित छ ।

यसरी भान्सा रित्तिँदै गर्दा, बजार महँगिदै गर्दा र किन्ने क्षमता कमजोर बन्दै गर्दा गहिँरिँदै गएको संकटको ‘घाउ’ र रोगप्रतिको ‘समायोजित’ भयभन्दा बढी हुँदै गयो । त्यसले गर्दा मानिसहरु अहिले आफ्नो भविष्य र समग्र देशकोे अर्थतन्त्रप्रति चिन्तित हुन थालेका छन् । त्यसकै प्रतिविम्बस्वरुप सामाजिक सञ्जालमा प्रश्न देख्न पाइन्छ, ‘लकडाउन कहिलेसम्म ?’

असन्तुष्टि धान्न गाउँ पठाउने प्रयास

त्यसो त, लकडाउनप्रतिको सरकारको कठोरतामा समेत कोरोनाको भयजस्तै समायोजन भएको छ । तर, भावनामा नबग्ने उद्घोष गरेको सरकारको यो लकचता नागरिकप्रतिको जिम्मेवारीबोधका कारण भएको भने देखिँदैन । बरु सामाजिक सञ्जालमा पोखिएका असन्तुष्टिलाई सडकमा पोखिने अवस्था आउने भयलाई ‘एड्रेस’ गर्ने हिसाबले आएको देखिन्छ ।

लकडाउनको घोषित अवधि सकिनुभन्दा केही दिनमात्रै अघि मन्त्रिपरिषद्ले काठमाडौँ उपत्यकामा रोकिएका तर गाउँ जान चाहेकालाई प्रदेश र स्थानीय सरकारको समन्वयमा गाउँ पठाउने निर्णय गर्यो । संघीय सरकारको यो निर्णयसँगै स्थानीय तहकै सक्रियतामा काठमाडौंबाट गाउँ फर्किनेको क्रम बढ्न थाल्यो । यो अवधिमा कति जनसंख्या काठमाडौंबाट बाहिरियो भन्ने एकीन त छैन, तर प्रत्येक स्थानीय तहको वडास्तबाटै स्थानीयलाई ओसार्न गाडी पठाइयो । सामाजिक सञ्जालमार्फत् घर जान चाहनेलाई ‘निःशुल्क’रुपमा घर पठाइदिने सन्देशहरु पनि दिइयो ।

त्यसो त अन्य पेशागत संघसंस्थाहरुले पनि आफ्नो क्षेत्रमा कार्यरत श्रमिकहरुलाई सम्बन्धित जिल्लासम्म पठाइदिने व्यवस्था गरे । ती संघसंस्थाहरुले जिल्ला प्रशासन कार्यालयको समन्वयमा आफ्नो क्षेत्रमा काम गर्ने कर्मचारी वा मजदूरहरुलाई सम्बन्धित जिल्लासम्म छाड्ने व्यवस्था गरेका थिए । त्यसबाहेक अन्य विभिन्न संघसंस्थाले पनि काठमाडौंमा ‘थुनिएका’हरुलाई घर पठाउने व्यवस्था गरेका थिए ।

सरकारले यो घोषणा गर्नुअघि लकडाउनलाई छलेर रातारात गाउँ गएको समाचार मिडियामा आएपछि सरकारले सुरुमा नाकामा निकै कडाई गर्यो । गाडीमा चालक र सहचालकबाहेक अरु कोही भए तत्कालै कारबाही गर्न थाल्यो । तर जब मान्छे हिँडेरै गाउँ जान थाले सरकारले ‘जहाँ छन् त्यहीँ रोक्नु’ भनेर मातहतका निकायलाई आदेश दियो । शहरमा अड्किएर बसेका नागरिकलाई सुरक्षित रुपमा घरसम्म पुग्न दिएर उनीहरुको गाँस र बासको सुरक्षा गर्नुपर्ने आवाजलाई सरकारले पटकपटक बेवास्ता गर्दै गयो । तर, घोषित लकडाउनको अवधि सकिनैलाग्दा आफ्नै पूर्ववत् निर्णयबाट सरकार पछि हटेर किन गाउँ जाने अनुमति दियो, यसको उत्तर सरकारसँग छैन ।


सरकारले चैत ५ गतेभित्र सबै विद्यालयलाई परीक्षा सक्नु भन्यो । परीक्षा सकिएपछि कम्तीमा पनि विद्यार्थीहरुले आफ्नो गाउँ पुग्ने अवस्था मिल्यो । लकडाउन हुनुभन्दा केही समय अघिसम्म मात्रै पनि लाखौं मान्छे गाउँ गएकै हुन् । त्यहीबेला सरकारले ‘लकडाउन घोषणा गर्दैछौं, सुरक्षित ठाउँमा जानू भनेर सूचना दिएको भए अभावको समस्या धेरै हदसम्म समाधान हुन सक्थ्यो । तर त्यो भएन ।


यसअघि, कठोरता देखाएको थिएन भने सरकारले भन्नसक्थ्यो, ‘हामी नागरिकको दुःख देख्न सक्दैनौँ, त्यसैले हामीले निःशुल्क रुपमा गाउँ पठाउने व्यवस्था ग¥यौँ । रोग संक्रमण हुन्छ भनेर, हामी नागरिकलाई भोकले मर्ने अवस्था आउन दिँदैनौं । यो जनताको सरकार हो, जनताको सरकारले जनताको दुःख देख्न सक्दैन ।’ तर, यसअघिको कठोर अभिव्यक्तिले सरकारले सहानुभूतिको बटुल्ने त्यो सानो अवसर पनि गुुमाएको छ ।

त्यसो त, सरकार लकडाउन बढाउनुपर्ने निश्कर्षमा यसअघि नै पुगेको पनि हुनसक्छ । त्यो निष्कर्षलाई नबताएरै काठमाडौंमा रोकिएका नागरिकलाई गाउँ पठाउन दिने निर्णय सरकारले ग¥यो, ताकि अभावले गुम्सिएको असन्तुष्टिका स्वरहरुलाई पर धकेल्न सकियोस् । यदि त्यसो हो भने सरकारले अर्को गल्ती गरिरहेको छ ।

राज्यको मुख्य भूमिका भनेको आफ्नो लक्ष्य र दीर्घकालीन भिजन जनतालाई सुनाउने र जनस्तरबाट यसमा सहयोग जुटाएर लक्ष्य पूरा गर्ने हो । सरकार आफैंले चाहेर मात्रै केही गर्न सक्दैन । त्यसैले आफ्नो निष्कर्ष र गन्तव्यबारे जनतालाई गुमराहमा पारेर कुनै पनि राज्य टिक्न सक्दैन ।

सरकारले चैत ५ गतेभित्र सबै विद्यालयलाई परीक्षा सक्नु भन्यो । परीक्षा सकिएपछि कम्तीमा पनि विद्यार्थीहरुले आफ्नो गाउँ पुग्ने अवस्था मिल्यो । लकडाउन हुनुभन्दा केही समय अघिसम्म मात्रै पनि लाखौं मान्छे गाउँ गएकै हुन् । त्यहीबेला सरकारले ‘लकडाउन घोषणा गर्दैछौं, सुरक्षित ठाउँमा जानू भनेर सूचना दिएको भए अभावको समस्या धेरै हदसम्म समाधान हुन सक्थ्यो । तर त्यो भएन ।

चन्द्रावतीलाई स्वस्थानीको अपमान गरेको लिइएको परीक्षाजस्तो ‘गाउँ जाउँ भन्दा लकडाउन गरियो । भागेर रातीराती गरेर जाउँ भन्दा नाका कडाई गरियो । हिँडेरै जान्छु भन्दा पनि लाठीचार्ज गरियो बाटोमै थुनियो । कुन तपस्याले हो, सरकारको चेत बल्लबल्ल खुलेको छ ।

अब कहिले फर्किने ?

सरकारले काठमाडौंमा अड्किएकालाई गाउँ त पठायो । गाउँको अनिश्चितता अर्कै छ । लकडाउनभन्दा अघि गाउँ पुग्नेहरु पनि अहिले त्यति सक्रिय छैनन् । सुरुमा ७ दिनका लागि घोषणा गरिएको लकडाउन फेरि ८ दिन थपियो । पछि २० दिन थपियो । पछिल्लोपटक १० दिनका लागि लकडाउन थप गरिएको छ । योसँगै लकडाउनको अवधि ४५ दिन पुग्नेछ । यो अवधिमा गाउँमा अधिकांशले तास खेलेर बिताएका छन् । ‘७ दिन हो, त्यसपछि त फर्किहाल्नुपर्छ के काम गर्नु ?’ भन्ने मानसिकताले गाउँ फर्केकाहरुको गाउँमै उत्पादकत्व देखिएको छैन ।

अहिलेको अवस्थामा लकडाउन खुले पनि सबै श्रमिक तत्कालै शहर फर्किनसक्ने सम्भावना नहुन सक्छ । नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल निर्माण क्षेत्रमा कुरा गर्ने हो भने अब वर्षाभन्दा अघि निर्माण क्षेत्रको काम पूर्ण रुपमा सुचारु हुने अवस्था नरहेको बताउँछन् । ‘हामीसँग अहिले निर्माण सामाग्री पनि छैन । रड, सिमेन्ट र अरु मेसिनरी आपूर्ति गर्न पनि समय लाग्छ । त्यसमाथि वर्षा सुरु भएपछि काम हुँदैन । अब सुचारु हुने भनेको असोज महिनादेखि मात्रै हो, त्योभन्दा अघि सीमित काम मात्रै हुन सक्छ ।’

त्यसो त पर्यटन क्षेत्रको सिजन अब सकिने तरखरमा छ । जाडो सकिएपछि वर्षा सुरु हुनभन्दा अघिको अवस्था पर्यटनको लागि उपयुक्त हो । अन्तर्राष्ट्रिय रुपमै फैलिएको संक्रमणको कारणले पर्यटकको संख्या शुन्यप्रायः भएको अवस्थामा सिजनले पनि यसमा केही हुनेवाला छैन । अरु सेवा क्षेत्रमा पनि अवस्था त्यस्तै हो ।

यस्तो अवस्थामा सरकारले सुरुमै गाउँ गएकालाई पनि एउटा सन्देश दिनसक्थ्यो, ‘लकडाउन यति समयसम्म जानसक्छ । गाउँमा तपाइँहरुले समय सदुपयोग गर्नुस्, खेतीपाती लगाउने समयलाई सदुपयोग गर्नुहोस् ।’ अहिले गाउँ जानेहरुलाई पनि सरकारले भन्नसक्थ्यो, ‘लकडाउन केही बढ्नसक्छ । अहिलेलाई छैन भने सरकारले गाउँमै खाद्यान्न आपूर्तिको व्यवस्था गर्छ । अर्को वर्षलाई तपाईंहरुले तयारी गर्नुस् । असार लाग्दैछ, हामी बीउमलको व्यवस्था गर्छौं, तपाईंले आफ्नो पसिना माटोमा पोख्नुस्, आफ्नो माटोमा उब्जाउनुस् । ताकि अर्को वर्ष हामीले खाद्यान्न आयात गर्न नपरोस् ।’

तर, सरकारले त्यति आह्वान गर्न पनि सकेको छैन । तर, गाउँ जानेहरुको मनस्थिति अहिले पनि लकडाउन खुलेको दिन दशैँको टीकाको भोलिपल्टजस्तै भीड गरेरै भए पनि शहर पस्ने नै छ । कोरोना रोकथामको लागि यो मनस्थिति झनै घातक हुन सक्छ । यद्यपि सम्बन्धित क्षेत्रका सरोकारवाला भने भन्दै आएका छन्, ‘अब दशैं, तिहारपछि मात्रै शहर फर्किने तयारी गर्नुस्, त्योभन्दा अघि गाउँमै केही गर्नुस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप