यसकारण रोकियो ओलीविरुद्धको हस्ताक्षर अभियान
नेताहरूको निरन्तर दौडधुप र अनौपचारिक संवादपछि नेकपा सचिवालय बैठक बुधबार अपराह्न बस्ने तय भएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्ड तथा वरिष्ठ नेता माधवकुमार नेपालबीचको बेग्लाबेग्लै संवादपछि सचिवालय बैठक बोलाइएको हो ।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच मंगलबार करिब दुई घन्टा कुराकानी भएको थियो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले महासचिव विष्णु पौडेलसहितको शीर्ष नेताको संवादपछि बुधबार साँझ ५ बजेका लागि सचिवालय बैठक तय भएको जानकारी दिए ।
अध्यादेश प्रकरणबाट विवाद तन्किँदै जाँदा ओली, प्रचण्ड र नेपाल तीनै समूहका नेता सांसदहरूको भेला गर्नेदेखि हस्ताक्षर अभियान चलाउने तहसम्म पुगेका छन् । प्रधानमन्त्री ओलीले सोमबारबाट बालुवाटारमा सांसदहरूको भेला सुरु गरेपछि प्रचण्ड र नेपालकै जानकारीमा निकट नेताहरू भीम रावल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र हरिबोल गजुरेलगायत नेताले पनि सांसदहरूलाई संगठित गर्ने तयारी थालेका थिए । तर, त्यस्तो अभियानले पार्टी फुटकै दिशामा जान सक्ने भन्दै मंगलबारको संवादपछि त्यस्तो तयारी रोकेर अन्ततः ओली र प्रचण्ड बैठक बोलाउन सहमत भएका हुन् । नयाँ पत्रिकामा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
-
रसुवाको टिमुरेमा बन्दरगाह निर्माण कार्य अलपत्र (तस्बिरहरू)
-
क्यान्सर अस्पतालमा ‘लिक्विड अक्सिजन’ प्लान्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण