बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

नेपालमा नजुरेको इरफानको त्यो सुटिङ

बुधबार, १७ वैशाख २०७७, १७ : ५५
बुधबार, १७ वैशाख २०७७

अभिनेता इरफान खान नेपाल आउने तय थियो । विशाल भारद्वाजले दीपिका पादुकोण र इरफान खानलाई लिएर नयाँ फिल्म बनाउने घोषणा गरेका थिए ।

सो फिल्मको सुटिङका लागि नेपालमा सम्पूर्ण तयारी पूरा भएको जानकारी फिल्मका निर्मातामध्येका एक किअर्ज इन्टरटेनमेन्टका प्रेरणा अरोराले दिएकी थिइन् । 

५ मार्च २०१८ मा फिल्म सुटिङ हुने सुरु हुने तय थियो । तर, इरफान र दिपिका दुबै बिरामी भएपछि यो सुटिङ धकेलियो । दीपिकामा ढाडको समस्या देखिएको थियो भने इरफान जन्डिसले थलिएका थिए । निर्देशक भारद्वाजले आफ्ना कलाकार स्वस्थ नभएका कारण सुटिङमा ढिलाई  गर्नुपरेको जानकारी दिए । 

उपचारका क्रममा इरफानलाई न्युरोइन्डोक्राइन क्यान्सर भएको पुष्टि भयो । त्यसपछि फिल्म थप अनिश्चित बन्दै गयो । 

क्यान्सर जितेपछि इरफान अधुरा रहेका फिल्मको सुटिङमा फर्किए ।  उनले ‘अंग्रेजी मिडियम’ फिल्मको सुटिङ अप्रिल २०१८ मा पूरा गरेका थिए । तर, दीपिका र इरफानले अभिनय गर्ने र नेपालमा सुटिङ हुने भनिएको फिल्म सुरु नै भएको थिएन । 

सञ्चारमाध्यमले सुरुवातमा यो फिल्म मुम्बईकी माफिया सप्ना दिदीको जीवन रहेको हल्ला पनि चलाएका थिए, तर निर्देशक भारद्धाजका अनुसार यो बायोपिक थिएन । बरु, हुसैन जइदीको पुस्तक  ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित थियो, एक्सन फिल्म भएकाले शारिरीक धपेडी धेरै पर्ने थियो ।

आफ्ना कलाकार पूर्ण फिट नभई सुटिङ सुरु नगर्न विशाल भारद्धाजलाई डाक्टरले सल्लाह दिएका थिए । मिति धकेलिदैं गयो । नोभेम्बरमा दिपिका र रणवीर सिंहबीच विवाह हुँदै थियो । दीपिकाले विशाल भारद्धाजलाई यस फिल्मका लागि लिएको पैसा फिर्ता गरिदिइन् र सम्झौता रद्द गरिन् । इरफान पूर्ण स्वस्थ्य भएपछि मात्रै फेरि फिल्मको सुटिङमा जाने मौखिक सहमति भयो । 

दुर्भाग्य, इराफनको निधन हुन पुग्यो यो फिल्मको सुटिङ फेरि सुरु हुन आशा समाप्त भयो । अन्तिम पटक इरफान खान १३ मार्चमा रिलिज भएको ‘अंग्रेजी मिडियम’ मा देखिएका थिए । .

दीपका र इरफान सन् २०१५ को फिल्म ‘पिकु’ मा एकसाथ देखिएका थिए र जोडीलाई निकै मन पराइएको थियो । 

यद्यपि अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन त्यसअघि उनी २००८ मा  नेपाल आएका थिए । सो क्रममा उनी पोखरा पनि पुगेका थिए। पोखराको प्राकृतिक दृश्यले मन लोभ्याएको उनको भनाइ थियो । 

इन्डिया टाइम्स र हिन्दुस्टान टाइम्सको सहयोगमा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप