चीनविरुद्ध फेरि खनिए ट्रम्प, चुनाव हराउन लागेको आरोप
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फेरि चीनविरुद्ध खनिएका छन् । ट्रम्पले आफूलाई चुनाव हराउन चीनले गरेको प्रयासको प्रमाण रहेको दाबी गरे ।
रोयटर्ससँग राष्ट्रपति कार्यालयमा अन्तर्वार्ताका क्रममा ट्रम्पले आफ्नो प्रशासनले ल्याएको व्यापार नीति र चिनियाँ सामाग्रीमाथि लगाएको खर्बौ डलर करले पारेको दबाब कम गर्न पनि चीनले जो बाइेनलाई सघाउने बताए ।
‘यो चुनावमा मलाई हराउनका लागि चीनले आफूले सक्दो सबै गर्नेछ,’ ट्रम्पले भने । उनले चीनले महामारीबारे विश्वलाई पहिल्यै जानकारी गराएको भए क्षति कम हुने धारणा राखे । अहिलेसम्म अमेरिकामा कोरोना भाइरसका कारण ६० हजारभन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।
भाइरसको महामारीपछि अमेरिकाले बेइजिङलाई दिने सम्भावित जवाफबारे पनि रोयटर्सले प्रश्न राखेको थियो । जवाफ ट्रम्पले भने, ‘म धेरै गर्नसक्छु ।’ तर के गर्ने भन्ने विषय खुलाएनन् । भाइरसका कारण सिर्जित आर्थिक समस्याले गत जनवरीमा चीनसँग भएको व्यापार सम्झौता नराम्रोसँग प्रभावित भएको उनले बताए ।
ट्रम्पले अन्तर्वार्ताका दौरानमा उनले पछिल्लो सर्वेक्षण पनि अस्वीकार गरे, यस सर्वेक्षणले २०२० को राष्ट्रपतीय निर्वाचनमा बाइडेनले अग्रता लिनसक्ने देखाएको थियो । ‘म सर्वेक्षणमा विश्वास गर्दिंनँ,’ ट्रम्पले भने,‘मलाई लाग्छ यो देशका जना स्मार्ट छन् र मलाई लाग्दैन उनीहरु काम नलाग्ने मानिसलाई जिताउनेछन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण