मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः हालसम्मका मुख्य ठूला अपडेट्स

आइतबार, २१ वैशाख २०७७, १० : ३३
आइतबार, २१ वैशाख २०७७

फन्ड जुटाउन जुटे युरोपेली नेताः

युरोपेली नेता कोरोनाभाइरसको भ्याक्सिन र उपचारका लागि अर्बाैं पाउन्ड जुटाउन क्रियाशील भएका छन् । यसका लागि उनीहरुले ‘अन्तर्राष्ट्रिय गठबन्धन’ को समेत कुरा गरेका छन् । यही उद्देश्यले सोमबार एक अनलाइन कन्फरेन्सको आयोजना गरिनेछ जसको उद्देश्य साढे सात अर्ब पाउन्ड जम्मा गर्ने हुनेछ । यसमार्फत् कोरोनाविरुद्ध

विश्वव्यापी लडाईंमा सहयोग पुग्ने आशा गरिएको छ ।

युट्युबले डेविड आइसकको अकाउन्ट डिलिट गर्योः

युट्युबले डेविड आइसकको अकाउन्ट डिलिट गरेको छ । युट्युबले ६८ वर्षका डेविडले कोरोनाभाइरसबारे जानकारी साझा गरेर नीतिको उल्लंघन गरेको बताएको छ ।

यी पूर्व फुटबल खेलाडीले थुप्रै इन्टरनेट प्लेटफर्ममा कोरोनाभाइरसको विषयमा अप्रमाणित दाबी गरेका छन् । यसमा एउटा दाबी फाइभजी मोबाइल नेटवर्कसँग पनि जोडिएको छ ।

कुनै प्रमाण छैनः

बेलायतका स्वास्थ्य विशेषज्ञले कोही व्यक्ति दोस्रो पटक संक्रमित नहुने कुरामा कुनै प्रमाण नभएको बताएका छन् । उनीहरुले अधिकारीसँग यो कुराका लागि पर्याप्त जानकारी उपलब्ध नभएको बताएका छन् ।

फ्रान्सः

फ्रान्सले लकडाउनपछि बाहिर बाट आउने व्यक्तिहरुका लागि १४ दिनको क्वारेन्टाइनमा बस्नुपर्ने बताएका छन् । फ्रान्समा ११ मेसम्म लकडाउनको घोषणा गरिएको छ ।

वारेन बफेटः

व्यापारी वारेन बफेटले यो संकटको घडीमा अमेरिकालाई हौसला बढाउने बयान दिएको छ । उनले भनेका छन्, ‘यो निश्चित रुपमा एक प्रयोग हो । म यो कुरामा आश्वस्त द्धु कि चाहे जे सुकै होस् अमेरिकालाई रोक्न सकिँदैन ।’

यमनः

यमनमा कोरोनाभाइरसका तीन नया संक्रमित भेटिएका छन् । यहाँ कोरोनाभाइरसको संक्रमण तीब्र रुपमा बढ्ने आशंका गहिरिँदो छ । अदनमा दुईजना संक्रमित र ताइज प्रान्तमा एकजना संक्रमित भेटिएको पुष्टि भएको छ । खतरालाई मध्यनजर गर्दै यमनको सीमा बन्द गर्ने तयारी गरिँदैछ ।

मेक्सिकोः

मेक्सिकोमा जनता अस्पताल बाहिर प्रदर्शन गरिरहेका छन् । कोरोनाका कारण अस्पतालमा भर्ना गरिएका आफ्नो परिवारबारे जानकारी नपाएको भन्दै मानिसहरु प्रदर्शनमा उत्रिएका छन् । उनीहरु संक्रमणका कारण आफन्तको मृत्यु भएको हो भने पनि शव फिर्ता गर्न माग गरिरहेका छन् । एक भिडियोमा इसाटपेक शहरको लास अमेरिका जनरल अस्पतालभित्र शव राखिएको देखिएको छ । पूरा मेक्सिकोभरी इसाटपेक कोरोनाभाइरसले सबैभन्दा प्रभावित पारेको इलाका हो ।

बेलायतः

बेलायत र वेल्समा प्राथमिक विद्यालय जून खोलिनेछन् । पाँचदेखि ११ वर्षका बालबालिका जून १ बाट विद्यालय जान सक्नेछन् । सन्डे टेलिग्राफका अनुसार सरकारले क्रमशः लकडाउनको प्रतिबन्धमा छुट दिने योजना बनाएको छ ।

 हज्जारौं अवैध प्रवासी हिरासतमाः

मलेशियाले हज्जारौं अवैध प्रवासीलाई कोरोनामाथि नियन्त्रण गर्ने प्रयास अनुरुप हिरासतमा लिएको अधिकारीले जानकारी दिएका छन् । यसमा रोहिंग्या शरणार्थी पनि समावेश छन् ।

बेलायतमा मृतकको संख्या बढ्योः

६२१ संक्रमितको मृत्यु भएसँगै बेलायतमा मृतकको संख्या बढेर २८ हजार १ सय ३१ पुगेको छ । बेलायतमा मृतकको संख्या अब लगभग इटली जत्तिकै पुगेको छ । अमेरिकापछि इटलीमा कोरोना संक्रमणका कारण धेरैको मृत्यु भएको छ ।

स्पेनमा लकडाउनको प्रतिबन्धमा छुटः

स्पेनमा लकडाउनमा छुट दिएपछि मानिसहरु सडकमा निस्किएर जगिङ गरिरहेका छन् । शनिबार स्पेनमा वयस्कलाई बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुका ८ बजेदेखि ११ बजेसम्म छुटको घोषणा गरियो । बालबालिकालाई दिउँसोदेखि बेलुका ७ बजेसम्मको छुट दिइएको थियो । वृद्धवृद्धा र सहारा लिएर हिड्नुपर्नेहरुका लागि १० बजेदेखि दिउँसोसम्म र बेलुका ७ देखि ८ बजेसम्म खोल्ने निर्णय गरिएको छ ।

अस्ट्रियामा सैलुन खुलेः

अष्ट्रियामा मानिसहरु छुट पाएपछि सैलुन, ब्युटीपार्लर र विद्युतीय उपकरणको पसलमा देखिए । शनिबार सात हप्ताको लकडाउन पछि यो छुट दिइएका हो । यद्यपि, अहिले पनि सावधानी अपनाइएको छ । अर्को चरणमा बार खोल्ने तयारी छ ।

क्यालिफोर्नियामा लकडाउन विरुद्ध प्रदर्शनः

क्यालिफोर्नियामा लकडाउनको विषयमा व्यापक विरोध प्रदर्शनको आयोजना भइरहेको छ । क्यालिफोर्नियाका गभर्नर गेपिन न्यूसमले अबका दिनमा स्टे एट होम र प्रभावित हुने व्यवसायबीच एक सन्तुलन बनाउने कोसिस गरिने जानकारी दिएका छन् ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप