सफाईमा खटिने कर्मचारीलाई आइडिया नेपालले गर्यो सहयोग
ललितपुर– सरसफाईमा खटिने कर्मचारीहरुलाई इन्टेरियर डिजाइनर एसोसियशन अफ नेपाल (आइडिया नेपाल)ले मास्क, पन्जा, जुत्तालगायतको सहयोग गरेको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९)बाट बच्न सफाईकर्ममा हरेक दिन खटिने कर्मचारीहरुलाई सुरक्षाका लागि मास्क पन्जा र बुट जुत्ता सहयोग गरेको आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले बताइन् ।
फोहोर संकलनदेखि सडक तथा टोल सफाईमा खटिने कर्मचारीहरुमा संक्रमणको जोखिम बढी हुने हुँदा उक्त सुरक्षा सामाग्री ललितपुर महानगरपालिकामार्फत गरिएको अध्यक्ष कक्षपतिले बताइन् । आइडियाले सहयोग सामाग्री ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई हस्तान्तरण गरेको छ ।
सहयोग हस्तान्तरणको अवसरमा महानगर प्रमुख महर्जनले सहयोगको निम्ति आइडिया नेपाललाई धन्यवाद दिँदै कोरोनाभाइरसको चुनौती सामना गर्न ललितपुर महानगरपालिकाले गरेका बिभिन्न क्रियाकलाप बारे जानकारी गराएका थिए ।
त्यसैगरी आइडियाकी अध्यक्ष कक्षपतिले महामारीको समयमा फिल्डमा खटिने सफाईकर्मीहरुलाई केही सहयोग उपलब्ध गराउन पाउँदा गौरवान्वित भएको बताइन् । पेशागत हकहितका लागि स्थापना भएका संघसंस्थाहरुले आफने सामाजिक उत्तरदायित्व वहन गर्नुपर्ने र विपतको समयमा सहयोगको हात बढाउनु पर्नेमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण